मुख्य समाचारसमाचार

राष्ट्रिय आर्थिक बहस: संसारभर पूँजी परिचालनको माध्यम हो शेयर बजार

Rastriya Arthik Bahas

Gobal IME Bank

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रका विज्ञहरुबाट निजी क्षेत्रलाई हेप्ने काम भइरहेको भन्दै आपत्ति जनाएका छन् । उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले निजी क्षेत्र भन्नेवित्तिकै घरजग्गा, शेयर र व्यापार मात्रै भन्ने गलत धारणा रहेको भन्दै आपत्ति जनाएका हुन् ।

‘अर्थशास्त्रीज्यूहरुले निजी क्षेत्र भन्नासाथ घरजग्गा, शेयर र व्यापारमा लगानी गरेका छन् भनेर लेख्ने बोल्ने गर्नु भएको छ । के यि क्षेत्र अर्थतन्त्रलाई चाहिँदैनन ? संसारभर पूँजी परिचालनको माध्यम शेयर बजार हो । र, अन्यत्र भएको लगानी पनि हामीले हेर्नु पर्ने हुन्छ ।’ उनले भने ।

लगानीको अवसर नभएपछि कर्जाको केही रकम जग्गा र सेयरमा गएको हुनसक्ने बताउँदै उनले अन्यत्र भएको लगानी पनि बजारमा माग नहुँदा खुम्चिदै गएको बताए । बैंक वित्तीय संस्थाको कर्जा तिर्न समस्या भएर विस्तारै बैंकहरुको खराब कर्जा (एनपीए) बढदै उनको भनाइ छ ।

उनले अगाडि भने, ‘अहिले बिजुलीको उत्पादन बढेको छ तर, बेच्न पाइएको छैन । उत्पादनमूलक उद्योग संचालन गर्न सकिएको छैन । त्यसै कारण व्यापारमा रुचि हुन्छ । तैपनि हामी काम गरिरहेका छौं ।’ चारैतिर समस्याले घेरिरहेका बेला डेडिकेटेड फिडर र टंकलाइनको विषय आयो र अध्ययन नगरी सबैले रकम बुझाउन सूचना जारी भयो, उनी भन्छन्, ‘हामी प्रधानमन्त्रीज्यु कहाँ गयौं। तत्काल लाइन नकाट्न निर्देशन दिएपछि केही राहत भएको छ । र, प्रधानमन्त्रीले निजी क्षेत्रका समस्या समाधान गर्न प्रयास गर्नुभएको छ । हामी आभारी छौं ।’

नेपाल उद्योग वाणिज्य महासंघ देशभरका उद्योगी व्यवसायीको संस्था हो, हामीले नेतृत्व सम्हालेको ६ महिना पुग्न लाग्यो । समस्या पहिल्यै बढिसकेको थियो, अध्यक्ष ढकालले अगाडि थपे, ‘अब विकास साझेदारहरुसँग पनि समदुरी आवश्यक छ । अर्थतन्त्र संचालनमा विदेशी निकायको सुझाव र सल्लाह सुधारका लागि लिने हो, अप्ठेरोका लागि होइन ।’

विदेशी दातृ निकायको सानो ऋणका कारण अर्थतन्त्र जोखिममा पर्ने अवस्था आएको ढकालले बताए । अर्थतन्त्रका सबै सूचक ठिकठाक छन् र मिल्छ भने त्यो ऋण तिरिदिन उनको सुझाव छ ।

यस्तै, अध्यक्ष ढकालले संसदीय समितिमा निजी क्षेत्रलाई अख्तियारले पनि हेर्ने गरी भएको छलफलप्रति आपत्ति जनाए । उनले, ‘प्रधानमन्त्रीको निर्देशनमा रोकिएको यो विषय पुनः छलफलमा आएसँगै हामी झस्किएका छौं’ भने । राज्यका नियामकहरु व्यक्तिलाई पेलेर समग्र अर्थतन्त्रमा समस्या ल्याउनमा उद्दत रहेको आरोप ढकालले लगाए ।

महासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, मुख्य सचिव डा। बैकुण्ठ अर्याल आदि सहभागी थिए।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button