अन्यसफल कथासमाचारसूचना प्रविधि

रोलेक्स (ROLEX ) घडी महंगो हुनुको कारण यस्तो छ – GoodNews24

Gobal IME Bank

    रोलेक्स ब्रान्ड यस्तो ब्रान्ड हो जसलाई आफ्नो सुन्दर र गुणस्तरीय घडीहरुको कारणले चिनिन्छ। यो घडी लगाउने हरेकलाई एक उत्कृष्ट मानिसको रुपमा हेर्ने गरिन्छ। जति मानिसहरुसंग पैसा बढ्दै जान्छ उति नै यो  घडीको लोकप्रियता बढी रहेको छ। बिश्व बिख्यात म्यागजिन फोब्रसको संसारका सबैभन्दा महत्वपूर्ण ब्राण्डहरुको सूचीको ६४ औं नम्बरमा परेको  ब्राण्ड हो ।

यो ब्रान्डको घडी मंहगो त छ तर मंहगो हुनुको उचित  कारणहरु पनि छन् ।

१९५३ मा सगरमाथा चढेका EDMUND HILARY ले  रोलेक्स कै घडी लगाएर सगरमाथा चढेका थिए । यो घडीले चाहे समुन्द्रको गहिराइमा होस् या सगरमाथाको चुचुरामा वा उच्च तापक्रमको बाबजुद पनि एक सेकेण्ड पनि ढिलो चाँडो हुदैन । । यो घडी हातले बनाइएको हुन्छ। हरेक जडी मेशिनले नभइ मान्छेको हातले (HANDMADE) बनाइन्छ। यो घडीको मुल्य २ लाख देखि शुरु भएर करोडाै सम्मको छ। आफ्नो गुणस्तर एकदम उत्कृष्ट भएको कारण रोलेक्स संसारभर चिनिएको छ।

यसको कथा शुरु हुन्छ १८८१ बाट जब जर्मनीको सानो शहरमा  हान्स विल्सडोर्फ को जन्म हुन्छ। उनले १२-१३ वर्षको उमेरमा आफ्नो आमा र बाबु दुवैलाई गुमाए। जसो-तसो उनको पढाइ शुरु हुन्छ। १९ वर्षको उमेरमा उनले घडीको दुनिँयामा पाइला टेक्छन्। पैसाको कमीको कारणले उनको साथीले आफ्नो बाबुको  घडी बनाउने कम्पनीमा उसलाई काम मिलाइ दिन्छन्। १९०३ सम्म आइपुग्दा उनले घडी बनाउन सिकि सकेका थिए। त्यसपछि उनले  आफ्नो भिनाजुको आर्थिक सहयोगबाट १९०५ मा WILSDROF AND DAVIS नामक कम्पनी शुरु गरे। शुरुमा उनले अरु देश देखि घडी ल्याउन शुरु गरे तर व्यवसाय बढे संगै उनले आफ्नै घडी उत्पादन गर्न थाले। सोहि कम्पनीलाई १९०८ मा रोलेक्सको नामबाट दर्ता गराएका थिए। सोहि वर्षमा WILSDROF AND DAVIS ले स्वीजरल्यान्डमा पनि आफ्नो  कम्पनीको शुरुवात गरे। १९१९ मा करको रकम धेरै बढेकोले लन्डनको कम्पनी उनीहरुले बन्द गर्न बाध्य भए। तर स्वीजरल्यान्डमा  उनीहरुको काम चलिरहेको थियो। यहि क्रममा १९२६ मा यो कम्पनीले WATER RESISTANT घडी बनायो। समयको माग संगै रोलेक्सले थुप्रै प्रकारको घडी उत्पादन गर्न थाल्यो।

हान्स विल्सडोर्फ फाउन्डेसनको स्वामित्वमा रहेको यस फाउन्डेसन स्थापनाको पनि रोचक प्रसंग छ । हान्स विल्सडोर्फको श्रीमतीको सन् १९४४ मा निधन भयो । हान्सले सोभन्दा अगाडि नै रोलेक्स एसए कम्पनी स्थापना गरिसकेका थिए । तर श्रीमती मरेपछि उनले आफ्नो नाममा फाउन्डेसन खोली सो कम्पनीलाई फाउन्डेसन मातहत ल्याएका थिए ।

रोलेक्स कम्पनीले कमाएको नाफाको ५० प्रतिशत रकम फाउन्डेसनले परोपकारी कार्यमा खर्च गर्छ भने बाँकी ५० प्रतिशत नाफा रकम सोही कम्पनीमा थप लगानी गरिन्छ । यो फाउन्डेसनले उपरोपकारी काम के कस्ता गर्छ र कहाँकहाँ गर्छ भन्ने पनि सार्बजनिक गर्दैन ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”6152″]

[irp posts=”6192″]

[irp posts=”6588″] [irp posts=”6763″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button