Grace Computer Jawalakhel
समाचार

विद्यालयको अनुगमन मोबाइलबाट

कालिकोट । कालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ सफ्टवेयरमार्फत विद्यालयको अनुगमन शुरु गरिएको हो ।

गाउँपालिका कार्यालयबाटै विद्यालयको अनुगमन गर्न सकिने गरी ‘रिभुलेसन टेक्लोलोजी’को उत्पादन स्कूल डायरीमार्फत सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर विकासका लागि उक्त प्रविधि जडान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो । “पहिलोपटक गाउँपालिकाका दुई विद्यालयमा यो प्रविधि जडान गरिएको छ”, उहाँले भन्नुभयो, “प्रविधि सबै विद्यालयमा सञ्चालन गरिने छ ।”

विद्युतीय सफ्टवेयरको प्रयोगले सामुदायिक विद्यालयको अनुगमनमा सहज हुने अध्यक्ष सेजुवालले बताउनुभयो । “अनुगमन प्रभावकारी नहुँदा विद्यालयको व्यवस्थापन प्रभावकारी हुन नसकेको हो”, उहाँले भन्नुभयो, “अब प्रविधिको प्रयोगले अनुगमनमा समेत सहज हुने छ ।” शिक्षकलाई नियमित विद्यालयमा आउन विद्युतीय माध्यम सजिलो हुने उहाँले बताउनुभयो ।

विकट क्षेत्रका लागि सफ्टवेयर प्रभावकारी हुने रिभोलुसन टेक्नोलोजीका अध्यक्ष विक्रम तिवारींले बताउनुभयो । “विकट क्षेत्रबाट नै प्रविधिको प्रयोग गरी शिक्षामा गुणस्तर ल्याउन गाउँपालिकासँग साझेदारी गरिएको छ”, उहाँले भन्नुभयो, “बढी समस्या हुन्छ, त्यहाँ प्रविधिको जरुरी पनि हुन्छ ।”

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button