

उनीहरुका अध्ययन अनुसार सामान्य १८ बर्ष देखि २९ बर्षको उमेरका जोडीले बर्षमा ११२ पटक यौनसम्पर्क अर्थात लगभग तीन दिनमा एक पटक सेक्स भयो भने त्यसलाई सामान्य मानिन्छ ।
यस्तै ३० देखि ३९ बर्षका जोडीले बर्षमा ८६ पटक अर्थात चार दिनमा एक पटक सेक्स गरे त्यसलाई सामान्य रुपमा लिइन्छ ।
उमेर बढेसँगै यौन क्रियाकलापमा समेत कमी हुँदै जाने भएकोले त्यसभन्दा माथिका उमेरका व्यक्तिहरुले गर्ने सम्पर्कमा पनि त्यहि अनुपातमा कमी हुने अनुसन्धानकर्ताहरु बताउँछन् । यौनकार्यमा सक्षम व्यक्तिले हप्तामा एक वा दुई पटक सो कार्यमा सहभागी भयो भने त्यसलाई सामान्य हुने भनिएको छ तर यो नितान्त निजी मामिला हो । यसमा निजी रुची, चाहना, वातावरण, उमेर, स्वास्थ्य आदि कुराहरुले असर गर्दछ । कोही पाको उमेरको व्यक्तिले धेरै पटक सेक्स गर्न पनि सक्छ भने कोही यौवन अवस्थाको व्यक्तिले सोचे अनुसार सेक्स गर्न सक्दैन । -Rabina Mangranti