मुख्य समाचारसमाचार
काठमाडौं महानगरमा अब सम्पुर्ण कर अन्लाईनबाटै तिर्न मिल्ने
काठमाडौं । अबदेखी काठमाडौं महानगरपालिकाका मातहतमा रहेका सबै शाखा र वडाहरुमा तिर्नुपर्ने सम्पुर्ण कर अन्लाईनबाटै तिर्न मिल्ने भएको छ ।
घण्टौं लाईनमा बसेर तिर्नुपर्ने करहरु अब भने महानगर बासिन्दाहरुले सरल रुपमा अन्लाईनबाटै तिर्न मिल्ने भएको हो । यो सुबिधासंगै महानगरमा भिडभाड र झन्झट कम हुने अनुमान गरिएको छ।
महानगरले एक सुचना जारी गर्दै यो खबर दिएको हो ।