अन्यसमाचार

इमान्दार ट्याक्सी चालक, जसले सुनको सिक्री उपहार पाए – Goodnews24

Gobal IME Bank

काठमाडौँ ।  आफ्नो ट्याक्सीमा यात्रुले छोडेको सामाग्री फिर्ता गर्ने चालकले सुनको सिक्री उपहार पाएका छन् । अमेरिकाबाट फर्केकी लक्की रिजालसहित पाँचजना सोमबार लाजिम्पाटबाट थापाथली सम्म ट्रयाक्सीमा अाएका थिए ।  लक्की रिजालले  ट्याक्सीमा नै आफ्नो लगेज बिर्सिइन् भने चालकले पनि ट्याक्सीमा सामान रहेको कुरा तत्काल जानकारी पाएनन् ।

त्यसपछि रिजालले आफ्नो लगेज ट्याक्सीमा छुटेको भन्दै ट्राफिक प्रहरी महाशाखामा निवेदन दिइन्। त्यसलगतै प्रहरीले ट्याक्सीको खोजी गर्न थाल्यो । तर रिजालले निवेदन दिएको केही समय नबित्दै ट्राफिक प्रहरी कार्यालयको हट लाइनमा बा २ ज ४०७१ नंको ट्याक्सी चालक नवीन सिग्देलले यात्रुले आफ्नो ट्याक्सीमा लगेज छुटेको ट्राफिक प्रहरीलाई जानकारी दिए ।

त्यसपछि ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखाले छुटेको लगेजसहित चालक सिग्देललाई बग्गीखाना उपस्थित गरायो । रिजाललाई पनि सम्पर्क गरी महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारले छुटेको लगेज हस्तान्तरण गरे।  लगेजमा १३ तोला बराबरको सुन, ल्यापटप, महत्वपूर्ण मेडिकल कागजपत्रहरु  थियो।  रिजालले चालक नवीनलाई धन्यवाद मात्रै दिइनन्, यसरी ट्याक्सी चालकले इमान्दारिताको साथ आफ्नो लगेज फिर्ता गरेको भन्दै पुरस्कार स्वरुप चालक नवीन सिग्देललाई एक थान सुनको सिक्री उपहार दिए ।

बर्दियाको गेरुवा गाउँपालिका–४ रामबगरका नवीन सिग्देलले ट्याक्सीमा छुटेको सामान फिर्ता गरेको खबर केहीबेरमा सामाजिक सञ्जालमा छायो । आफन्त र साथीहरूले उनको इमानदारीको प्रशंसा गर्दै बधाई दिए ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button