मनोरञ्जनसमाचार

तिहार लक्षित नेपाली फिल्महरु के-के छन ? हेर्नुहोस्

Gobal IME Bank

काठमाडौँ । चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन तोक्ने गरेका छन् । गएको दसैँ लक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ पायो । यसअगाडीको दसैँ तिहारमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठ बताउनुहुन्छ ।

“दर्शकहरू चाडपर्वको माहोलमा रहने हुँदा फिल्मले राम्रो व्यापार गरिरहेको पाइन्छ । यसैकारण पनि चाडपर्वमा प्रदर्शनको लागि डेट पाउन मुस्किल हुनेगरेको छ”, वितरक श्रेष्ठले भन्नुभयो । तिहारलाई लक्षित गर्दै चार फिल्म प्रदर्शन हुदैंछन् । कात्तिक ४ मा ‘के घर के डेरा’ र ‘नालापानी’, कात्तिक ११ मा ‘महापुरूष’ र कात्तिक १८ मा ‘लाखे’ ।

अभिनेता दयाहाङ राईले आफू अभिनित फिल्म ‘के घर के डेरा’ ले दुवैतर्फको कथा भन्ने जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “डेरामा बस्ने मात्र नभइ घर हुनेको पनि छुटै पीडा हुन्छ । हामीले मध्यमार्गी भएर कथा देखाउने कोसिस गरेका छौँ । मलाई भने डेराको समयमा फर्कायो ।” फिल्ममा अभिनेता राईसँगै विपीन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानीगढीमा भएको अङ्ग्रे्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नुभएका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधारित ‘नालापानी’ वर्षौंको मेहनतले तयार गरिएको अभिनेता अर्जुनजंग शाहीले बताउनुभयो । यसमा अभिनेता शाहीसँगै देशभक्त खनाल, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, सहिना भट्टराई, गीत विष्ट, युगजङ्ग कार्की लगायतको अभिनय छ । फिल्मलाई रिमेश अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन् । कात्तिक ११ गतेबाट प्रदर्शन हुने ‘महापुरूष’ मा अभिभावकको एक्लोपनको कथा देखाइएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले जानकारी दिनुभयो ।

आफ्नो व्यस्त जीवनमा रमाइरहेको सन्तान र अभिभावकबीचको सम्बन्ध र चाहनालाई सरल रुपमा प्रस्तुत गरिएको निर्देशक भट्टराईले बताउनुभयो । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गर्नुभएको छ । निर्देशक भट्टराईले यसअगाडि जात्रा, शत्रु गते र जात्रै जात्राको निर्देशन गरिसक्नुभएको छ ।

द्वन्द्वप्रधान फिल्म ‘लाखे’ मा सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संयोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायतका कलाकारको अभिनय रहेको छ । “यसको मेकिङ निकै मेहनत गरिएको छ । विदेशी फिल्म झैँ द्वन्द्वमा मेहनत गरिएको छ”, अभिनेता ताम्राकारले भन्नुभयो । सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button