अन्यसमाचार

तरकारी बिक्रिबाट रामपुरकाे महिलाकाे आम्दानी मासिक ३० हजार -GoodNews24

Gobal IME Bank

रामपुर । यस क्षेत्रका महिलाहरु हिजोआज आफै व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । मौसमी तथा बेमौसमी जातका तरकारी व्यवसाय गरी आफ्नो जीविका चलाउने कार्यमा रामपुरका महिलाहरु अग्रसर छन् ।

रामपुर नगरपालिका–७ मलेङ बस्ने गीता भट्टराईले तरकारी लगाएर राम्रो आम्दानी गर्नुहुन्छ । करिब एक दशकदेखि तरकारी व्यवसायमा आबद्ध भट्टराईले पाँचदेखि सात रोपनी क्षेत्रफलमा तरकारी लगाउने गर्नुहुन्छ । उहाँले वर्षमा न्यूनतम रु तीन लाखभन्दा बढी आम्दानी लिन सफल हुनुभएको छ ।

“तरकारी लगाउन शुरु गरेपछि अरूको भर पर्नु परेको छैन, आफ्नो खुट्टामा आफैँ उभिन सक्ने भएको छु, तरकारी लगाउने विभिन्न प्रविधि जानकारी भएपछि अहिले उत्पादन पनि राम्रै हुन्छ” उहाँले भन्नुभयो । उहाँलाई तरकारी खेती शुरु नगर्दासम्म अरूको भरमा बाँच्नु परेको थियो । अहिले आफैँले तरकारी लगाएर कमाउन थालेपछि परिवारमा सुखका दिन आएको भट्टराईले अनुभव सुनाउनुभयो ।

बहखोला बस्ने मथुरा ढकालले तरकारी लगाएर आफ्नो जीविका चलाउँदै आउनुभएको छ । कम्तीमा पनि बा¥है महिना तीन रोपनी जग्गामा तरकारी लगाएर छोराछोरीको पढाई खर्च, घरखर्च चलाउने गरेको उहाँले बताउनुभयो । तरकारीबाट उहाँको परिवारको गुजारा राम्रोसँग चलेको छ । विभिन्न जातका तरकारी लगाउँदै आउनुभएको छ । तरकारी बिक्रीबाट मासिक रु ३० हजारसम्म कमाई हुने गरेको ढकालले बताउनुभयो ।

तरकारी नलगाउँदासम्म जीवनमा धेरै दुःख गर्नुभएकी ढकालले छ वर्ष यता तरकारीखेती निरन्तर गर्न थालेपछि अर्काको भर पर्नु नपरेको उहाँको भनाइ छ । सोही ठाउँकै विष्णुमाया पोखरेललाई तरकारी लगाउन थालेपछि श्रीमान्को भरमा पर्नुपर्ने अवस्था छैन । तरकारी लगाएर दिनहुँ हातमा पैसा आउन थालेपछि व्यवसायमा हौसला बढेको पोखरेल बताउनुभयो ।

“आफ्नो खर्च चलाउन कस्ले दुई चार पैसा देला भनेर बस्नु जतिको दुःख जीवनमा केही रहेनछ, अहिले तरकारी लगाउन थालेपछि दिनहुँ हातमा दाम परिरहन्छ, आफ्नो खर्च सजिलोसँग चलाउन पाइएको छ” पोखरेलले भन्नुभयो ।

रामपुर नगरपालिका–५ राङभाङ बस्ने ज्ञानुमाया कार्की दुई दशक यता तरकारीखेतीमा आबद्ध हुनुहुन्छ । करिब पाँच रोपनी जग्गामा उहाँको खेतमा हरियाली बा¥है महिना तरकारी हुन्छ । तरकारी खेतीमा कार्कीले रामपुरमा राम्रो पहिचान बनाउनुभएको छ । “तरकारी लगाएरै दुई दशक बितेको पत्तो भएन, दिनदिनै तरकारी बेच्यो हातमा पैसा आइहाल्यो, यसरी नै आम्दानी लिन थालेको लामो समय भयो, तरकारीबाट नसोचेको आम्दानी भइरहेको छ”, कार्कीले भन्नुभयो ।

तरकारीबाट वर्षमा तीन लाखदेखि पाँच लाखसम्म कमाई गर्नुहुन्छ । अहिले उहाँको व्यवसायबाट गाउँका अन्य महिलाहरुले पनि सिको गर्न थालेका छन् । घरायसी कामधन्दासँगै घरमै बसेर पनि दुई चार पैसा आम्दानी गर्न सकिन्छ । केही न केही गरियो भने दुई चार पैसा आम्दानी लिन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् रामपुरका महिलाहरु । यहाँका महिलाहरुको व्यवसायको अवलम्बन गर्न सकेमा महिला परनिर्भरता कम हुदै जानेछ ।

भ्रमण वर्ष सफल पार्न प्रथम निस्दी महोत्सव हुँदै

पाल्पाको निस्दी गाउँपालिकामा प्रथम निस्दी महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष– २०२० लाई सफल बनाउन यहाँ पहिलो पटक महोत्सव हुन लागेको छ । परिवर्तनका लागि युवा निस्दी–४ को आयोजना तथा निस्दी गाउँपालिकाको सहयोगमा हुने महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृतिलाई प्राथमिकता दिइनेछ ।

विशेष गरी स्थानीय कला संस्कृति प्रदर्शन, गाउँघरमा उत्पादित वस्तुको उत्पादनलाई बजारीकरण तथा प्रवद्र्धन गर्न र भ्रमण वर्ष सफल पार्न आयोजना गरिएको महोत्सवको तयारी तीव्र पारिएको छ ।

‘सुखी समृद्ध निस्दी हाम्रो अभियान’ भन्ने मूल नाराका साथ फागुन १५ देखि १७ गतेसम्म तीन दिनसम्म महोत्सव आयोजना गरिएको छ । मित्यालको झ्यालतुङ खेलमैदानमा हुने प्रथम निस्दी महोत्सवमा गाउँपालिका भित्र रहेका सातै वडाको झाँकीनाच प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, मगरी खानाको परिकार रहने मूल आयोजक समितिका अध्यक्ष रोमन गाहाले बताउनुभयो ।

यस ठाउँमा पहिलो पटक महोत्सव हुने भएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । जिल्लाको विकट र दुर्गममा रहेका स्थानीयवासी गाउँमै महोत्सव हुने भएपछि स्थानीय उत्पादनले प्राथमिकता पाउने आशा लिएको तेजन सुनारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button