मनोरञ्जनसूचना प्रविधि

आज विश्व टेलिभिजन दिवस

Gobal IME Bank

world-television-day-2019

५ मंसिर , काठमाडौं – विश्वभर आज विश्व टेलिभिजन दिवस मनाइदैछ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले २१ नोभेम्बरको दिनलाई टेलिभिजन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार हरेक बर्ष आजको दिनमा यो दिवस मनाउने गरिएको हो । सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजनको जे एल बियर्डले सन् १९२५ मा आविष्कार गरेका हुन् । आर्थिक तथा सामाजिक विषयवस्तुलाई आवाज र दृश्य सहित प्रशारण गर्नसक्ने माध्यम भएका कारण टेलिभिजनलाई अहिलसम्मकै शसक्त सञ्चारमाध्यमका रुपमा स्विकारिएको छ । सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाईन्छ । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको थियो । नेपालमा टेलिभिजनको प्रसारण हुन थालेको ३५ वर्ष भएको छ । २०४२ सालबाट नेपाल टेलिभिजनको प्रशारण आरम्भ भए पछि यहाँ संस्थागत टेलिभिजन प्रशारण सुरु भएको हो । नेपालमा अहिले तीन दर्जन हाराहारीमा टेलिभिजन च्यानल नियमित प्रसारणमा छन् ।।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button