मुख्य समाचारसमाचार
झापा ५ : ओली १० हजारभन्दा बढी मतले अगाडि
गौरादह । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना भईरहेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली २३ हजार २ सय २८ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी भने १३ हजार १ सय २७ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ९९ हजार ४५ मत खसेको थियो । जसमध्ये ४६ हजार ९ सय ६८ मत गणना सकिएको छ ।