‘काठमाडौँलाई हरित अर्थतन्त्रका रुपमा विकास गर्छौँ’- मानुषी भट्टराई
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मानुषी भट्टराईले काठमाडौँ उपत्यकालाई हरित अर्थतन्त्रको अवधारणामा विकास गर्नुपर्ने बताउनुभएको छ ।
आज पत्रकारसँगको अन्तक्रियामा उहाँले आफू निर्वाचित भए काठमाडौँको मौलिकता जोगाउँदै विकासका योजना तयार गर्ने बताउनुभयो । हाल देखिएको खानेपानीको सङ्कट समाधान गर्दै पानी पुनःभरण ९वाटर रिसाइकल० गर्ने परम्परागत प्रणालीलाई अपनाउने उहाँको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आदिवासी जनजातिको हक अधिकार स्थापित गर्नका लागि आफूले संसदमा आवाज उठाउने भन्दै उहाँलेआफ्नो थातथलोबाट बिस्तापित नेवार समूदायलाई आवासको अधिकार दिलाउने दाबी गर्नुभयो ।
काठमाडौँ क्षेत्र नं. ७ अन्तर्गत प्रदेशसभा १ का उम्मेदवार वसन्त प्रसाद मानन्धरले आदिवासी जनजातिको मातृभाषालाई बागमती प्रदेशभित्र संस्थागत गर्ने बताउनुभयो । उहाँले विगतमा पनि यसका लागि आफूले पहल कदमी लिँदै आएको भन्दै नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको प्रशासनिक भाषा बनाउने अभियानमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।