मुख्य समाचारसमाचार
		
	
	
तनहुँ १ मा रामचन्द्र पौडेल विजयी

 पोखरा । तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आफ्ना निकतम् प्रतिद्वन्दीलाई ५ हजार ३ सय ८८ मतले पछाडी पार्दै पौडेल विजयी हुनुभएको हो ।
पोखरा । तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आफ्ना निकतम् प्रतिद्वन्दीलाई ५ हजार ३ सय ८८ मतले पछाडी पार्दै पौडेल विजयी हुनुभएको हो ।
पौडेलले २५ हजार ३ सय १३ मत पाउनुभएको छ । नेकपा एमालेका एकबहादुर रानाले भने १९ हजार २५ मतमा रोकिए ।
आयोगले केहीबेरमा आधिकारिकरूपमा परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।
कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६८७७ मत प्राप्त गरेका छन् ।
 
				 
					 
					 
					 
					 
					 
					



 
					
				
