मुख्य समाचारसमाचार

युवा पुस्ताको प्रतिनिधित्व सांसद- ‘डा. तोसिमा कार्की’

Gobal IME Bank

काठमाडौं । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ बाट प्रतिनिधि सभा तर्फ निर्वाचित भई सांसद बन्नु भएकी तोसिमा कार्की पेशागत रुपमा चिकित्सक हुनुहुन्छ । नेपाली राजनितिमा युवा पुस्ता प्रवेश गर्नु पर्छ र देशको विभिन्न क्षेत्रमा विकास गर्न पर्छ भन्ने सोचको साथ उहाँले राजनितिमा प्रवेश गर्नु भएको हो ।

दिग्गज राजनीतिज्ञ पम्फा भुसाललाई भारी मतान्तरको साथ हराएर प्रतिनिधि सभा सांसद बन्न तोशिमा कार्की सफल हुनु भएको हो । कार्कीको जन्म सन् १९९० मे २० मा नवलपरासीमा भएको हो । उहाँ आफ्ना परिवारको साथमा ललितपुर क्षेत्र नं ३, आदिनाथ गाँउको नख्खु खोला मार्ग वडा नम्बर १८ मा बस्ने गर्नु हुन्छ । कार्कीले नख्खुको सहिद धर्मभक्त विद्यालयबाट एस एल सी उतिर्ण गर्नु भएको हो । उहाँले चोभारको मोर्डन इन्डियन स्कुलमा कक्षा १२, किस्ट मेडीकल कलेजबाट एम बिबि एसको पढाई पुरा गरी काठमाडौ विश्वविद्यालयबाट मास्टरको पढाई पुरा गर्नु भएको हो ।

चुनावमा उम्मेदवारी दिनु अगाडी कार्की पाटन अस्पतालमा शल्य चिकित्कको रुपमा काम गर्नु हुन्थ्यो । उहाँ युथ लिडरको रुपमा चिकित्सा अभियानमा सक्रिय रुपमा संलग्न हुनुका साथै कार्की नेपाल मेडीकल काउन्सीलमा सेन्ट्रल मेम्बरको रुपमा निर्वाचित हुनु भएको थियो । कार्कीले डाक्टर गोबिन्द केसीको हरेक अभियान, आन्दोलन र अनसनमा नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएको थियो । कार्कीले विगत ७ बर्ष देखी मेडीकल भातृत्व बचाउ अभियानको नेतृत्व गर्दै आउनु भएको छ । उहाँले २०७१ र ७२ मा भएको मेडीकल कलेजको विरुद्व इन्टर्न डाक्टर र मेडीकल स्टुडेन्टहरुले गरेको विरोधमा पनि साथ दिनु भएको थियो ।

उहाँ विभिन्न ठाँउहरु जस्तै सिन्धुपाल्चोक, बतासे, रामेछाप, नुवाकोट, र दुर्लुङमा भएको स्वास्थ्य शिविरहरुमा सक्रिय रुपमा सहभागी हुनु भएको थियो र २०७२ मा आएको विनाशकारी भुकम्पको पिडितहरुको पनि सहयोग गर्नु भएको थियो ।
कार्कीले सुनसरी, इनरुवा र रौतहटमा मनसुनको समयमा ‘ जाडोमा न्यानो ’ भन्ने अभियान पनि चलाउनु भएको थियो । तराईको सप्तरी, सुस्ता र इनरुवामा आएको पहिरोले घर जग्गा बगाएको र घाइते भएको पिडितहरुको लागि विभिन्न हेल्थ क्याम्प र ‘राहत र उद्वार ’ को कार्य सञ्चालन गर्नु भएको थियो ।

उहाँले २०७४/७५ मा त्रि युनिर्भसीटी मेडीकल कलेजमा एमडी, एम एस , बि डि एस को भर्नामा हुने भ्रष्टाचार र खराबीको विरुद्व दाखिल भएको केसको सर्वोचच अदालतमा नेतृत्व गर्नु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नु भएको कार्की पटक पटक निर्वाचन आयोगको तारो बन्न पुग्नु भएको थियो । नेपाल मेडीकल काउन्सीलको सदस्य भएको कारण बताएर निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गरेको थियो ।

आयोगको निर्णय विरुद्व उहाँ सर्वोच्च अदालत सम्म पुग्नु भयो र अदालतले चुनाव लड्नको लागि ढोका खोलि दियो । अदालतको सोही निर्णयको विरुद्व आयोगले पुन रिट दायर गरेको थियो तर पनि तोसिमा कार्कीको चुनावको उम्मेदवारी खारेज गर्ने अनुमति अदालतले आयोगलाई नदिए पछि उहाँको चर्चा झनै बढ्न थाल्यो र उम्मेदवारी नै खारेज हुने अवस्थामा पुग्नुभएकी कार्कीले अन्तत ललितपुर क्षेत्र नं ३ बासीका भारी मतका साथ चुनावमा जित हासिल गर्नु भयो र युवा पुस्ताको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभाको सांसद हुनु भयो । देश निर्माण गर्ने अठोटका साथ राजनितिमा प्रवेश गर्नु भएको डाक्टर तोसिमा कार्कीको मुल नारा ‘ स्वस्थ नेपाली , सुखी नेपालि ’ रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button