मुख्य समाचारसमाचार
भारतबाट बढेर आयो डिजेल र पेट्रोलको भाउ, ग्यासमा भने प्रतिसिलिन्डर ७५ रूपैयाँ घट्यो
काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको भाउ बढेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई इन्धनको नयाँ मूल्यसूची (पेट्रोल प्रतिलिटर ८.१ रुपैयाँ, डिजेल ७.९८ रुपैयाँ, मट्टितेल ४.६१ रुपैयाँ, हवाई इन्धन ७.८० रुपैयाँ मूल्य बढेको) पठाएको हो ।
ग्यासमा भने प्रतिसिलिन्डर ७५ रूपैयाँ घटेर आएको छ ।
मूल्य समायोजन नगर्ने हो भने १५ दिनमा निगमलाई ९ करोड ४१ लाख रूपैयाँ घाटा हुने बताइएको छ ।