गर्भावस्थामा पेटको बच्चा चल्दा बुझ्नु पर्ने कुराहरु…

 एजेन्सी । गर्भावस्थामा तपाईको गर्भमा रहेको शिशुहरुको हाडको जोर्निहरुको, मांसपेशी र हड्डीको विकासको लागि शिशु गर्भमा चल्नु महत्वपुर्ण कुरा हो । पेटमा बच्चा चल्दा उनीहरुको शारीरीक विकास भइरहेको हुन्छ । यदि तपाईको बच्चा पेटमा चलिरहेको छैन भने यसले एम्नियोटिक फ्लूड लेबल वा तपाईको प्लेसेन्टामा समस्या भएको हुन सक्छ भन्ने कुरा जनाइ रहेको हुन्छ यस्तो समयमा नआत्तिई डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ ।
एजेन्सी । गर्भावस्थामा तपाईको गर्भमा रहेको शिशुहरुको हाडको जोर्निहरुको, मांसपेशी र हड्डीको विकासको लागि शिशु गर्भमा चल्नु महत्वपुर्ण कुरा हो । पेटमा बच्चा चल्दा उनीहरुको शारीरीक विकास भइरहेको हुन्छ । यदि तपाईको बच्चा पेटमा चलिरहेको छैन भने यसले एम्नियोटिक फ्लूड लेबल वा तपाईको प्लेसेन्टामा समस्या भएको हुन सक्छ भन्ने कुरा जनाइ रहेको हुन्छ यस्तो समयमा नआत्तिई डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ ।
१) बच्चा स्वस्थ भएको संकेत
गर्भमा रहेको बच्चाले पेटमा लात हाने जस्तै गरी चल्यो भने बच्चा स्वस्थ र सक्रिय छ भनेर बुझ्नुपर्छ ।
२) बाहिरी वातावरण सँग पनि प्रतिक्रिया दिन्छ
गर्भको बच्चा बाहिरी वातावरण सँग घुलमिल भइरहेको हुन्छ भन्ने विश्वास गरिन्छ । बाहिरी वातावरणमा हुने परिवर्तन प्रति उसले प्रतिक्रिया जनाउँछ । बाहिरको आवाजलाई पनि उसले भित्रबाट प्रतिक्रिया दिइरहेको हुन्छ ।
३) बायाँ ढल्केर सुत्दा रक्तसञ्चार प्रक्रिया बढ्छ
बायाँ ढल्केर सुतेको बखतमा बच्चाले बढी लात हान्ने गर्छ । यदि गर्भवती महिला बायाँ तर्फ ढल्केर सुत्दा बच्चा दाँया ढल्किदा भन्दा बढी चल्ने गर्छ । आमा बाँया फर्केर सुत्दा भ्रुण अर्थात पेटको बच्चाको रक्तसञ्चार प्रक्रिया बढ्छ जसले गर्दा बच्चाको हलचल बढ्ने गर्छ ।
४) खाना पछि किक बढ्दै जान्छ
गर्भवती महिलाले खाना खाएपछि गर्भको बच्चाले किक बढी हान्ने गरेको अनुभव गरेको हुन्छन् ।यति बेला बच्चामा एनर्जेटिक भइरहेको हुन्छ ।
५) गर्भवती भएको नवौँ साता पछि नै बच्चाले किक हान्न सुरु गर्छ
गर्भवती भएको नवौं साता पछि नै पेटमा बच्चाको हलचल सुरु हुन्छ तर दोस्रो पटक गर्भवती भएको आमाले तेह्र साता पछि मात्रै बच्चाले किक हानेको अनुभव गर्ने गर्छन् ।
६) पेटमा हलचल कम हुनु बच्चा कमजोर हुनु हो
यदि बच्चा पेटमा कम चल्छ वा किक कम हान्छ भने पेटको बच्चाको स्वास्थ्यमा गडबढ भएको हुन सक्छ । यदि तपाईको बच्चा पेटमा सामान्य भन्दा कम चल्छ भने बच्चालाई अक्सिजनको कमी भएको हुनसक्छ ।
७) ३६ हप्ता पछि कम किक हान्यो भने आत्तिनु पर्दैन
जब ३६ हप्ता पछि तपाईको बच्चा बढ्दै जान्छ किक कम हुँदै जान्छ त्यसैले यस समयमा बच्चाले चल्न वा किक हान्न कम गर्न थाल्यो भने आत्तिनु पर्दैन ।
कहिले काँहि बच्चा केही दिन सम्म नचलेको पनि महसुस हुने गर्छ । याद राख्नुहोस् तपाईको गर्भमा भएको बच्चा पनि सुत्ने र आराम गर्ने गर्छ । त्यसैले कुनै कुनै समय बच्चा चल्ने कार्य बन्द भइरहेको हुन्छ । यस्तो समयमा आमा आत्तिनु हुदैन । यस्तो समयमा डाक्टर सँग कुरा गर्दा सहज महसुस गर्न मद्दत मिल्छ ।
तपाईले आफ्नो बच्चाको चल्ने क्रमलाई मोनिटर पनि गर्न सक्नु हुन्छ । पहिलो पटक बच्चा चल्ने क्रम र समयलाई ट्रयाक गर्न सजिलो हुदैन तर बच्चाको किक र चल्ने क्रम बढ्दै र बलियो हुदै गए पछि आमाले ध्यान दिएमा बच्चाको चल्ने समय ट्रयाक गर्न सकिन्छ । उदाहरणको लागि आमाले खाना खाई सके पछि बच्चा एनर्जेटिक हुन्छ र खाना खाए पछि र सुत्नु भन्दा अगाडी बच्चा बढी चल्ने गर्छ । यसरी बच्चा चल्ने अथवा बच्चाले किक हान्ने समयलाई ट्रयाक गर्दा यो प्याटर्नमा केहि गडबढी भएमा डाक्टरको परामर्श लिन सकिन्छ ।
 
				 
					 
					 
					 
					 
					 
					



 
					
				
