समाचार

शहीद स्मारक लिग – पुलिस र च्यासलले बराबरी खेले

Gobal IME Bank

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका हुन् ।

पहिलो हाफमा पुलिसले दुई तथा च्यासलले एक गोल गरेको थियो । खेलको पाँचौँ मिनेटमा पुलिस क्लबका लागि निरकुमार राईले पहिलो गोल गर्नुभएको थियो । खेलको ४० औँ मिनेटमा सुमन लामाले गोल पुलिसका लागि दोस्रो गोल गर्नुभएको हो ।

यसअघि सन्तोष साहुखलले खेलको १८औँ मिनेटमा च्यासलका लागि कीर्तिमानी गोल गर्नुभएको थियो । यससँगै ‘ए’ डिभिजन लिगमा उहाँले व्यक्तिगत १०० गोल पूरा गर्नुभएको छ । ‘ए’ डिभिजन लिगमा १०० गोल पूरा गर्ने उहाँ पहिलो खेलाडी बन्नुभएको छ । च्यासलका हेमन्त थापामगरले हानेको फ्रि किक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गर्नुभएको हो ।

 

मध्यान्तरपछिको खेलमा च्यासलले थप एक गोल गरी पुलिससँग बराबरी गर्यो। च्यासलका लागि कीर्तिमानी खेलाडी सन्तोषले खेलको ४९औँ मिनेटमा दोस्रो गोल गर्नुभयो । उहाँको यही गोलका कारण पुलिससँगको खेलमा च्यासल हारबाट जोगियो । पटकपटक मौका पाए पनि सन्तोषले ह्याट्रिक गर्न भने सक्नुभएन । उहाँ उक्त खेलको म्यान अफ दी म्याच हुनुभयो । बराबरीसँगै पुलिसले पाँच खेलबाट आठ तथा च्यासलले पाँच खेलमा पाँच अङ्क जोडेको छ । पुलिस लिगको छैटौँ तथा च्यासल नवौँ स्थानमा छ ।

[irp posts=”3616″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button