अन्यगुड न्यूज 24समाचार

साना कुराहरू जसले आमालाइ ठुलो खुशी दिनेछ, पढ्नुहाेस् – GoodNews24

Gobal IME Bank

आमा शब्द सुन्दैमा प्यारो शब्द सबैलाई मन पर्ने शब्द । हामी आमालाई भगवानको स्वरुप मान्छौ। दुनियाँमा आमा जस्ती महान अरु सायदै हुन्छन  । सृष्टिकर्ताको उपमा पाएकी आमा, उनीजति प्रिय अरु कोहि छैन् । आमाको सम्मानका खातिर दर्जनौ उपमाहरु दिदै पनि आईएको छ । दुई अक्षरले निर्मित आमा शब्दलाई न हामीले हेलामा पार्न सकिन्छ न बिर्सन नै । प्राय आफ्नो सन्तानको लागि मरिहत्ते गर्ने, आफुलाई बाँकी नराखी अरुलाई दिने यो गुण आमामै भेट्न सकिन्छ । आमाले त केहि कुराको आशा नराखी हामीलाई सधै दिइरहेकी हुन्छिन ।  हामीले पनि आमालाई खुशी राख्नको लागि केहि ध्यान दिनु जरुरी छ ।

यहाँ केहि बुँदाहरू छन् जसले आमाको खुशी

– आमालाई घुमाउनुहाेस् ।
आमाहरु दिन भर घर या भान्साको काम मै व्यस्त हुन्छन । घरको कामले उनीहरु बाहिर घुलमिल हुने र अन्य मनोरन्जनात्मक गतिविधिमा संलग्न हुन पाउदैनन । त्यसैले कहिलेकाही आमालाई भान्साबाट बाहिर निकालेर बाहिरी दुनियाँ देखाउनुहोस सधै एउटै झन्झट लाग्दो घरेलु कामबाट मुक्ति दिनुहोस । आमालाई एकदिन भए पनि यी सब कुराबाट छुट्टी दिएर आफ्ना सन्ततिसंग रमाउने मौका दिन नभुल्नुहोस ,यसो गर्दा आमाले पनि आफु छोरा छोरीको लागि बिशेस भएको महसुस गर्न सक्छिन ।

– उनको जीवनको कथा सुन्ने गर्नुहोस ।
तपाइलाइ यहाँसम्म पुर्याउन आमाले धेरै नै संघर्ष गरेकी हुन्छिन । वाहिर खुशी देखिए पनि भित्र गुम्सिएका पिडा हुन सक्छन । समय निकालेर आमाको जीवन कथा सुन्ने गर्नुह्स । आफ्ना सन्ततिलाई आफ्नो जीवनको भोगाइ सुनाउन पाउँदा पक्कै उनि खुशी हुन्छिन यसबाट तपाइले ज्ञान र प्रेरणा पनि प्राप्त गर्न सक्नुहुन्छ । हुन सक्छ आमासंग तपाइको वालापनाका निकै रमाइला याद र कथाहरु छन । उनका कुरा सुन्दिनाले आमाले आफ्ना सन्ततिले आफुलाई मायाँ गर्ने र आफ्नो कुरा सुन्ने असल छोराछोरी पाएको आभास गर्न सक्छिन ।

– आमाको स्वास्थ्यको ख्याल राख्नुहोस ।
आमा ठिक देखिदैमा सबै कुरा ठिक हुदैन,  त्यसैले आमाको हाल खबर सोध्नुहोस । उनलाई केहि स्वास्थ्य समस्या छ कि बुझ्नुहोस् । प्राय आमाहरु आफ्ना सन्ततिलाई दुख देखाउन चाहदैनन् ।  त्यसैले उनीहरुको दुख आफैले बुझ्ने प्रयास गर्नु पर्दछ । आवश्यक परेको खण्डमा नियमित स्वास्थ्य चेक र उपचार गर्नुहोस ।

– आमालाइ  सहयोग गर्ने र उनको लागि पनि पकाउने गर्नुहोस ।
आमाहरू आफ्ना बच्चाहरूलाई उनीहरू के खाने भनेर सोध्छन्, आफ्नो छोराछोरीलाई मन पर्ने खाना सधै आमाले नै खुवाउँछिन । कहिलेकाहीं तपाई पनि आमालाई मन पर्ने खाना पकाउनुहोस र उनलाई खुवाउनुहोस । भान्साको काम झन्झटिलो हुन्छ सके सम्म भान्साको काममा आमालाई सधै सघाउने गर्नुहोस ।

– आमाको प्रशंसा गर्नुहोस ।
जसरी तपाइँ सानो हुँदा तपाइको हौसला बढाउन आमाले प्रशंसा गर्ने गर्थीन त्यसरी नै उनको प्रशंसा गर्नुहोस । प्रशंसा हर कोहि व्यक्तिलाई मन पर्छ । आफ्ना सन्तानबाट प्रशंसा पाउनु आमाको लागि ठुलो खुशीको बिषय बन्छ । उनले गरेका कामहरु उत्कृष्ट हुन्छन ,उनले खाना मिठो बनाउँछिन उनि संसारकै उत्तम आमा हुन ।  यसरी तपाइका लागि आमा महत्वपूर्ण र प्रशंसाको लायक छिन भनेर दर्शाउन कहिल्यै नचुक्नुहोस ।

– यदि  आमा संगको तपाईंको सम्बन्ध राम्रो भएको छैन भने
यदि तपाईंको आमासँग तपाईंको सम्बन्ध राम्रो भएको छैन भने, सम्बन्धमा समस्या के हो पत्ता लगाउनुहोस र समाधान खोज्नुहोस । आमालाई आफुले के गर्दा मन पर्छ बिचार गर्नुहोस र त्यहि अनुरुप काम गर्नुहोस । आमाले कुनै पनि सन्तानको बारे नराम्रो सोच्दैनन् । त्यसैले आमाको भावना र उनको तपाइँ प्रतिको चिन्ताको कदर गर्नुहोस ।

– यदि आमा जीवित हुनुहुन्न भने …
यदि तपाईंको आमा जीवित हुनुहुन्न भने, उनका नातेदारहरू र साथीहरूलाई भेट्नुहोस् र उनीहरूको लागि तपाईं के गर्न सक्नुहुन्छ भनेर सोध्नुहोस् । आमाको चिर शान्तिको कामना गर्नुहोस सक्नुहुन्छ भने आमाको नाममा कुनै असल कार्य या दान गर्नुहोस ।

[irp posts=”3790″]

गुड न्यूज 24
www.gudnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् ..

[irp posts=”2714″]

[irp posts=”3415″]

[irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3875″]

[irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4991″] [irp posts=”3399″]

 

 

 

 

यो भिडियो पनि हेर्नुहोस् । 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button