गुड न्यूज 24मनोरञ्जनसफल कथा

दुबई शहरको अचम्मका १० रोचक तथ्यहरु पढ्नुहोस् – गुड न्यूज 24

Gobal IME Bank

दुबई विश्वकै बिकसित अनि सम्पन्न शहरहरु मध्यको एक शहर हो । मरुभूमिमा बनेको दुबई शहर निकै आकर्षक र सुन्दर छ । आज भन्दा २० बर्ष अघि केवल वालुवा रहेको अनि विश्वकै सुनसान ठाउँ दुवै अहिले स्वर्ग जस्तो बन्नसक्ला भनेर कसैले कल्पना पनि गरेको थिएनन । दुबइमा जे बन्छ त्यो विश्वमै भएको भन्दा अलग चिज बन्छ । आज हामी दुवैको बारे केहि रोचक तथ्यहरुको बारेमा चर्चा गर्ने छौ ।

१)  50 बर्ष पहिले दुबई मरुभूमिको बीचमा एउटा सानो शहर थियो। विश्वमै सबै भन्दा छिटो बिकास भएको शहर दुबई हो । सन् १९९१ मा दुवैमा केवल एउटा अग्लो बिल्डिंग थियो बाकि सब मरुभूमि अहिले दुबईमा हजारौ अग्ला अग्ला बिल्डिंगहरु छन् । केवल २ दशक मा, दुनियाँको तेस्रो अग्लो गगनचुम्बी महलको साथ एक विशाल महानगरमा परिणत भएको छ । दुवैमा तेल पत्ता लाग्नु अघिको एक सानो शहर अहिले विश्वकै सुन्दर शहर मध्यको एक शहर मानिन्छ ।

२)अत्याधिक गर्मि भएका कारण दुवैमा घर भित्र मात्र नभई घर बाहिर पनि एसी अनिवार्य हुन्छ। दुबईको बसपार्क या त मानिसको भिड हुन् सक्ने अन्य ठाउँहरुमा एसीको ब्यबस्था गरिएको छ ।

३ ) दुबई संयुक्त अरब इमिरेट्स (युएई) को एक भाग हो – जहाँ अबु धाबी, दुबई, शारजाह, अजमान, उम्म अल क्वाइन, रस अल खैमाह र फुजैराह गरि ७ इमिरेट्स छन् । अबु धाबी संयुक्त अरब इमिरेट्सको राजधानी हो । यो शहर दुबईबाट करीव एक घण्टा टाढा छ । दुबै शहर संयुक्त अरब इमिरेट्समा पूर्वी अरबी खाडीको दक्षिणपश्चिम कुनामा अवस्थित छ।

४) दुबईको जनसंख्या 2.5 मिलियन छ र दुबै अधिक जनसंख्या भएको शहर हो ।

५) दुबईको रास्ट्रिय भाषा अरबी हो तर त्यहाँ अंग्रेजी व्यापक रूपमा बोल्ने गरिन्छ । अंग्रेजी भाषा जानेको मान्छेलाई बाटो सोध्न या मानिसहरु संग कुरा गर्न कुनै समस्या हुदैन किनकि त्यहाँ बसोबास गर्ने प्राय मान्छेहरु अंग्रेजी भाषा बुझछन साथै रोड संकेतहरु पनि अंग्रेजीमै लेखिएको हुन्छ ।

६ । दुबईमा प्रशस्त धन छ। त्यसैले दुबई विश्वकै धनिहरुको शहर हो ।
दुबैमा तेल 50 बर्ष अघि खोजिएको थियो, तर तेल दुबईको आम्दानीको एक प्रतिशत मात्र स्रोत हो। त्यसोभए, त्यहाँ यस्तो के चिज छ जसले दुबईलाई किन यति धनी बनाउँछ? दुबईले ग्रेट ब्रिटेनबाट स्वतन्त्रता पाउनु अघि १९६९ मा तेल निर्यात गर्न सुरू गर्यो तेलको निर्यातले दुबैको आम्दानीको स्रोत बन्यो । १९५८ मा दुबैका शासकले पूर्वाधारमा लगानी गर्न थाले र १९६० मा दशौं अरबौं डलर ऋणबाट पहिलो एयरपोर्ट बनाए । दुबईले तेल निर्यात बाहेक , पर्यटनमा बृद्धि बिकास गर्न थाल्यो त्यसपछि दुबईले निरन्तर अलौकिक पूर्वाधारहरु बनाउदै गयो जसले गर्दा बिश्वबाट करोडौ पर्यटक दुबई तर्फ आकर्षित भए र आज दुबई विश्वकै धनि र शानदार शहर मध्यको एक बन्यो ।

७) दुबई शहरको नाम लिदा सबै भन्दा पहिले बुर्ज खलिफाको याद आउने गर्छ किनकि यो विश्वकै अग्लो अग्लो बिल्डिंग हो । बुर्ज खलिफाको उचाइ ८२८ मिटर अर्थात २७१६५ फुट छ । बुर्ज खलिफा एक टिकाउ बिल्डिंग हो । हरेक वर्ष बुर्ज खलिफाबाट 15 मिलियन गैलन पानी जम्मा हुन्छ जुन भूनिर्माण अनि पानी को फोहोराको लागि प्रयोग गरिन्छ ।

८) दुबईमा संसारकै सबैभन्दा लामो स्वचालित मेट्रो छ जसको लम्बाई 75 किलोमिटर छ । बुर्ज अल अरब एक सात तारे होटेल हो र यसको भित्री भागमा २४ क्यारेटको सुनले पात डिजाइन गरिएको छ । यस होटेल संरचनाको आकार पानि जहाजको जस्तो डिजाइन गरिएको छ।
बुर्ज अल अरब बस्नका लागि सबैभन्दा विलासी होटल हो। यसलाई “विश्वको एक मात्र सेभेन स्टार होटल” हो । करिब १०७९० वर्ग मिटरमा फैलेको सुनको पात भित्री सुन्दरता बढाउन प्रयोग गरिएको छ । भवन बनाउन केवल उत्कृष्ट सामग्रीहरू प्रयोग गरिएको छ ।

९) दुबई पाम विश्वकै सबै भन्दा ठुलो मानव निर्मित आइसल्याण्ड हो जुन ९४ मिलियन क्युबिक मिटरमा फैलिएको छ ।
यो मानव निर्मित आइस ल्याण्ड दुबईको तटबाट देख्न सकिन्छ जुन निकै मनमोहक र अबिस्वसनीय छ । यस भित्र शार्क टंक अर्थात अक्वारियम छ जहाँ शार्कलाई नजीकबाट देख्ने अवसर पाउन सकिन्छ ।

१०)  दुबई कुनै आयकर तिर्ने नियम छैन । शहर आफैमा यति धनि छ कि त्यहाँ काम गर्ने कुनै पनि व्यक्ति मार्फत कर उठाउदैन।

“यदि कुनै कुराको योजना बनाइन्छ भने त्यो एकदम युनिक र विश्वमा कतै नभएको सबै भन्दा अत्याधुनिक हुनु पर्छ ” यो भनाइ हो दुबईका प्रधानमन्त्री तथा उपरास्ट्रपति शेख मुहमदको । आज उनैको योजना अनुसार निरन्तर बिकासको पथमा अघि बढ्दै जादा अहिले दुवैले आर्थिक विकासमा अकल्पनीय छलाङ्ग मार्न सफल भइसकेको छ ।

गुड न्यूज 24 डट एनपी

www.gudnews24.com
GoodNews Media

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button