मनोरञ्जनसमाचार

दर्शकहरुले बच्चन र रजनीकान्तलाई ३२ वर्षपछि सँगै देख्न पाउने

Gobal IME Bank

काठमाडौं । भारतीय दिग्गज कलाकारहरु भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा मिताभ बच्चन र रजनीकान्त आएकै हुन्छ । त्यसो त आफ्ना फ्यानहरुका लागि यी दुई दिग्गज कलाकारहले नयाँ स्वाद दिने भएक छन् । अब यी दुई दिग्गज अभिनेता ३२ वर्षपछि एउटै चलचित्रमा देखिँदै छन् ।

रजनीकान्तको आगामी चलचित्र ‘थलाइवर १७०’मा केमियो रोलमा मिताभ बच्चन देखिने भएको मिडिया रिपोर्टहरुले बताएको छ ।
‘थलाइवर १७०’ टीजे ज्ञानवेलको निर्देशनमा बन्न लागेको चलचित्र हो ।

यो चलचित्र रजनीकान्तको करिअरको १७० औं फिल्म हो र अर्को वर्ष रिलिज हुने बताइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button