अन्यसमाचार

१९औँ एसियाली खेलकुद: खेलाडी सङ्ख्यामा कीर्तिमान

19th Asian Game

Gobal IME Bank

एसियाली खेलकुदको ७२ वर्ष लामो इतिहासमा यस पटक प्रतियोगितामा सहभागी हुने खेलाडीको सङ्ख्याले नयाँ कीर्तिमान बनाउने भएको छ । एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको थियो ।

यस पटक प्रतियोगितामा कीर्तिमानी रूपमा १२ हजार पाँच सय जना खेलाडीले सहभागिता जनाउने भएका छन् । ओसीएका अनुसार, प्रतियोगितामा सहभागी हुन १२ हजार पाँच सय खेलाडीको नाम दर्ता भइसकेको छ ।

प्रतियोगितामा ४५ राष्ट्रका खेलाडीले भाग लिने छन् । ओसीएमा हाल ४५ वटा राष्ट्र सदस्यका रूपमा रहेका छन् । यसअघि एसियाली खेलकुदको १८औँ संस्करणमा सर्वाधिक ११ हजार तीन सय खेलाडीले सहभागिता जनाएका थिए । १८औँ एसियाली खेलकुद प्रतियोगिता सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा भएको थियो ।

विश्व खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता ओलम्पिकभन्दा पनि बढी खेलाडीले यस पटक एसियाली खेलकुदमा सहभागिता जनाउँदै छन् । सन् २०२० मा जापानको टोकियोमा आयोजित पछिल्लो गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा २०६ राष्ट्रका ११ हजार ४२० जना खेलाडीले भाग लिएका थिए ।

आगामी एसियाली खेलकुदमा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, भारत, हङ्कङ र आयोजक चीनले ६०० को हाराहारीमा खेलाडी सहभागी गराउने भएका छन् । १९औँ एसियाली खेलकुदमा खेलाडी दर्ता गराउने समय पनि सकिएको छ ।

हाङ्झोउ एसियाली खेलकुदमा खेलाडी दर्ता गर्ने समय सकिएको छ । खेलाडी दर्ताको अन्तिम अवस्थालाई हेर्दा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले सहभागिता जनाउने पक्का भएको र खेलाडीको सङ्ख्याले कीर्तिमान पनि बनाएकोबारे आयोजक समितिद्वारा विज्ञप्ति मार्फत जानकारी दिइएको छ । एसियाली खेलकुद प्रतियोगिता एसियाड को आगामी संस्करण चीनको हाङ्झोउमा आयोजना हुँदै छ । कला र संस्कृतिको अनुपम उदाहरण बोकेको हाङ्झोउमा एसियाली खेलकुदको १९औँ संस्करण आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म सञ्चालन हुँदै छ । नेपालले एसियाडमा २९ वटा खेलमा भाग लिने जानकारी दिइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button