मनोरञ्जनसमाचार

आजदेखी सिनेमा घरहरुमा ‘अवतार-२’, एक करोड रुपैयाँ बढीको ओपिनङ गर्ने प्रक्षेपण

Gobal IME Bank

काठमाडौं । हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ शुक्रबारदेखि नेपाली सिनेमा घरहरुमा लाग्ने भएको छ । शुक्रबार अन्य कुनै पनि नेपाली तथा भारतीय फिल्म रिलिज नभएको कारण पनि ‘अवतारः द वे अफ वाटर’ ले राम्रो कलेक्सन गर्ने निश्चित छ ।

‘अवतारः द वे अफ वाटर’ को टिकट अग्रिम बुकिङमा राखिएको थियो र टिकट बिक्री धेरै नै राम्रो भईरहेको पनि छ । फिल्मलाई देशका सबैजसो मल्टिप्लेक्सले उच्च शो दिएका छन् । फिल्मले नेपालमा एक करोड रुपैयाँ बढीको ओपिनङ गर्ने प्रक्षेपण गरिएको छ ।

चलचित्र निर्माता जेम्स क्यामरनको सन् २००९ मा रिलिज भएको फिल्म ‘अवतार’ फिल्मको सबैभन्दा धेरै प्रतिक्षा गरिएको सिक्वेल हो।

विश्वभरको दर्शकले प्रतिक्षा गरेको यो फिल्मको सिक्वेल पानी भित्रको एलियनको भुमिमा फोकस गरेको छ । यो चलचित्र निर्देशक जेम्स क्यामरन हुन भने निर्माता जेम्स क्यामरन र जोन लानडौ हुन् । चलचित्रमा साम वर्थिङटन (Sam Worthington), जोइ स्यालडाना (Zoe Saldana ), जोउल डेचिड मुर (Joel David Moore), सिसिएच पाउन्डर (CCH Pounder), जियोभिनी रिबिसि (Giovinni Ribis) दिलिप राओ (Dilip Rao), केट विन्सलेट (Kate Winslet)  र अरु थुप्रै कलाकारहरुले अभिनय गरेका छन् ।

डिसेम्बर ६ मा चलचित्र ‘अवतार: द वे अफ वटर’ को लन्डन वर्ल्ड प्रिमियर भएको थियो । झन्डै १३ बर्ष पछि जेम्स क्यामरनले आफ्नो थ्रिडी साइफाई चलचित्र ‘ अवतारः द वे अफ वटर ’ लन्डनको लेस्टर स्क्वायरमा प्रस्तुत गर्नु भएको थियो । जेम्स क्यामरनको रेकर्ड ताडेको यो चलचित्रको सिक्वेलले पुनः एक पटक दर्शकलाई प्यान्डोराको संसारमा लग्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button