मनोरञ्जनसमाचार

झन्डै १३ वर्ष पछि ‘अवतार’ को सिक्वेल ‘अवतार: द वे अफ वटर’, क्यारेक्टरमा यस्तो काम…

Gobal IME Bank

एजेन्सी । हामी ‘अवतारः द वे अफ वटर’ को साथमा काल्पनिक संसारमा पुग्न केही दिन मात्र बाँकी छ । चलचित्र निर्माता जेम्स क्यामरनको सन् २००९ मा रिलिज भएको फिल्म ‘अवतार’ फिल्मको सबैभन्दा धेरै प्रतिक्षा गरिएको सिक्वेल आगामी हप्ता पौष १ गते विश्वभरी रिलिज हुदै छ ।

विश्वभरको दर्शकले प्रतिक्षा गरेको यो फिल्मको सिक्वेल पानी भित्रको एलियनको भुमिमा फोकस गरेको छ । यो चलचित्र निर्देशक जेम्स क्यामरन हुन भने निर्माता जेम्स क्यामरन र जोन लानडौ हुन् । चलचित्रमा साम वर्थिङटन (Sam Worthington), जोइ स्यालडाना (Zoe Saldana ), जोउल डेचिड मुर (Joel David Moore), सिसिएच पाउन्डर (CCH Pounder), जियोभिनी रिबिसि (Giovinni Ribis) दिलिप राओ (Dilip Rao), केट विन्सलेट (Kate Winslet)  र अरु थुप्रै कलाकारहरुले अभिनय गरेका छन् ।

डिसेम्बर ६ मा चलचित्र ‘अवतार: द वे अफ वटर’ को लन्डन वर्ल्ड प्रिमियर भएको थियो । झन्डै १३ बर्ष पछि जेम्स क्यामरनले आफ्नो थ्रिडी साइफाई चलचित्र ‘ अवतारः द वे अफ वटर ’ लन्डनको लेस्टर स्क्वायरमा प्रस्तुत गर्नु भएको थियो । जेम्स क्यामरनको रेकर्ड ताडेको यो चलचित्रको सिक्वेलले पुनः एक पटक दर्शकलाई प्यान्डोराको संसारमा अर्को हप्ताको शुक्रबार देखि लाने छ ।

यो चलचित्रको सिक्वेलको छायांकन सन् २०१७ देखि सुरु भएको थियो । यो चलचित्र लाइभ एक्सन र मोसन क्यापचर एलिमेन्टलाई मिक्स गरेर बनाइएको कारणले गर्दा पनि पुरा हुन समय लागेको हो । चलचित्रको रनटाइम १९० मिनेटको हुनेछ । क्यामरनले बताए अनुसार चलचित्रमा महत्वपुर्ण पात्रहरु धेरै भएको कारणले गर्दा पनि समय केही लामो भएको हो । चलचित्रको आधिकारीक ट्वीटर अकाउन्टमा रिलिज गरिएको नयाँ क्लिपमा ओमाटिकाया (भुमिमा रहेका जनजाति) र मेटकायिना (समुद्रमा रहेका जनजाति) को बिचमा युनियन भएको र मानव जातिले आक्रमण गरेको क्लिप देखाइएको छ ।

नयाँ क्लिपमा चलचित्रका प्रमुख पात्र जेकले मानव जातिले प्यानडोराको जंगलमा आक्रमण गरेको कारण समुद्र तर्फ उनीहरु गएको रिभिल गरेका छन् । चलचित्रको ट्रेलरमा जेक समुद्री जीवनशैली सिक्न खोजिरहेका छन् । दृश्यमा ओमाटिकायाका नाभी जनजातिहरु समुद्रि जीवनशैली र त्यहाको आकर्षित प्राणीहरु सँग परिचित भइरहेको देखाइएको छ । टिजरमा मानव जाती र प्यानडोराको नाभिहरू बिच भइरहेको युद्व पनि देख्न सकिन्छ ।

‘द वे अफ वटर’ ओरिजनल चलचित्र रिलिज भएको १३ वर्ष पछि सिनेमा हलहरुमा आउँदै छ । द वे अफ वटरमा नयाँ पात्रहरु पनि थपिएका छन् जसमा अभिनेत्री विन केन्सलेट पर्छिन जो चलचित्रमा रोनल नामको पात्र हुन । रोनल मेटकायिना ट्राइभको लिडर हुन । मेटकायिना प्यानडोराको समुद्रमा जिवनयापन गर्ने नाभिहरुको समुह हो ।

चलचित्रको ट्रेलरमा जेक सुल्लि र नेटिरिको बच्चाहरुलाई पनि देखाइएको छ जसमा उनिहरुको अडप्ट गरेको छोरी किरी पात्रको रुपमा अभिनेत्री सिर्गोनि विभरले अभिनय गरेकी छिन् । सिर्गोनि विभरले अवतारको ओरिजनल चलचित्रमा डाक्टर ग्रेस अगस्टाइनको भुमिकामा प्रस्तुत भएकी थिइन र यो पात्रको त्यहिबेला नै मृत्यु भएको थियो । चलचित्रमा स्टिफन ल्याङ्ग पनि फर्किएका छन् जसले पहिलो अवतारमा मानव भिलियन माइन्स क्वारिचको पात्रको रुपमा अभिनय गरेका थिए ।

अवतार द वे अफ वटरमा पहिलो अवतारमा भएका अभिनेताहरु पुरानै पात्रको रुपमा र केही अभिनेता जसको पहिलो अवतार चलचित्रमा मृत्यु भएको थियो उनिहरु नयाँ पात्रको रुपमा चलचित्रको सिक्वेलमा फर्किएका छन् । ओरिजनल चलचित्र ‘ अवतार ’ सन् २००९ मा थ्रिडिमा रिलिज भएको थियो त्यसै गरी ‘अवतार द वे अफ वटर’ पनि थ्रिडीमा नै रिलिज हुने छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button