मनोरञ्जनसमाचार

अवार्ड जित्न सफल लघु चलचित्र ‘सेनाको चेली’ युट्युबमा -Good News 24

Gobal IME Bank

काठमाडौँ, १९ असार । नेपाली सेना लघु चलचित्र प्रतियोगितामा प्रथम हुन सफल लघु चलचित्र ‘सेनाको चेली’ युट्युबमा सार्वजनिक भएको छ । इँगिहोपो कोँइच सुनुवारको कथा तथा निर्देशनमा रहेको उक्त लघु चलचित्र २०७८ को नेपाली “सेना लघु चलचित्र प्रतियोगिता” मा उत्कृष्ट प्रथम हुन सफल लघुचलचित्र हो । चलचित्रमा दिदीभाईको सम्बन्ध र सेनाको कर्तव्यलाई प्रस्तुत गरिएको छ । चलचित्रमा कलाकार किरण चाम्लिङ राई, संगिता थापा मगर, आर्यान खड्का, बाल कलाकार रिया हमालहरु मुख्य भूमिकामा रहेका छन । मामा आर्टसको निर्माणमा इँगिहोपो कोँइच सुनुवारको निर्देशन रहेको चलचित्र ‘सेनाको चेली’ मामा आर्टसको अफिसियल युट्युव च्यानलमा उपलब्ध छ ।

“सेनाको चेली” हेर्नका लागि तलको लिन्कमा थिच्नुहोला…

https://www.youtube.com/watch?v=Wv48aH6mbXY

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button