मुख्य समाचारसमाचार

पार्टीले षड्यन्त्रपूर्वक मलाई टिकट दिएनः भीम रावल

Gobal IME Bank

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीले षड्यन्त्रपूर्वक आफूलाई उम्मेदवार नबनाएको आरोप लगाउनुभएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो आरोप लगाउनुभएको हो । नेता रावलले अछामबाट एकल नाम सिफारिस भएर कसैले पनि आफूलाई हराउन नसक्ने भएपछि पार्टीले सिफारिस नै नभएका व्यक्तिलाई षड्यन्त्रपूर्वक स्वेच्छाचारी निर्णय गरेर आफूलाई टिकट नदिइएको बताउनु भयो ।

उहाँले कुनैपनि व्यक्ति कुनैपनि पद वा जिम्मेवारीमा सधैँ नरहने शास्वत सत्य रहेको उल्लेख गर्दै उम्मेदवार हुने वा नहुने वा कुनै पदमा पुग्ने, नपुग्ने विषयलाई आफूले प्रमुख नठानेको दाबी गर्नुभयो । नेता रावलले देश र जनताको हीत एवं पार्टीको सिद्धान्त, विधि, पद्धति, नीति र मान्यताको अवज्ञा भएको बताउनु भयो ।

उहाँले एकल सिफारिसमा पर्दासमेत आफूसँग कुनै छलफल नगरी नेकपा एमालेका निम्ति कुनै योगदान नगरेको सिफारिस नै नभएको व्यक्तिको लागि पार्टी पंक्तिले गरेको निर्णय प्रथम दृष्टिमा नै स्वेच्छाचारी, अन्यायपूर्ण र गलत रहेको जिकिर गर्नुभयो । उहाँले पार्टीको यो निर्णयले सुदूरपश्चिम प्रदेश र अछाम जिल्लाका जनता तथा पार्टी संगठनमा रहनुभएका नेता र कार्यकर्ताको घोर अपमान भएको उल्लेख गर्नुभयो । उहाँले पार्टीको यो निर्णयले पार्टीको हीत र एकतामा आघात पुगेको उल्लेख गर्नुभयो । उहाँले आम निर्वाचनको चर्चा हुन थालेपछि चुनाव नलड्ने भन्दै सुनियोजित प्रचार गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उम्मेदवार हुने वा नहुने वा कुनै पदमा पुग्ने, नपुग्ने विषयलाई मैले प्रमुख ठानेको छैन । कुनैपनि व्यक्ति कुनैपनि पद वा जिम्मेवारीमा सधैँ नरहने शास्वत सत्य नै हो । विषय देश र जनताको हीत एवं पार्टीको सिद्धान्त, विधि, पद्धति, नीति र मान्यताको अनुशरण भयो कि अवज्ञा भयो भन्ने हो । यसर्थ मेरो उम्मेदवारी बारे उक्त प्रकारले गरिएको विधिवत सिफारिसबारे मसँग कुनै परामर्श नगरी, नसोधि नेकपा एमालेका निम्ति कुनै योगदान नगरेको सिफारिस नै नभएको व्यक्तिको लागि पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतले गरेको निर्णय प्रथम दृष्टिमा नै स्वेच्छाचारी, अन्यायपूर्ण र गलत छ ।

यस्तो निर्णयले सुदूरपश्चिम प्रदेश र अछाम जिल्लाका जनता तथा पार्टी संगठनमा रहनुभएका नेता र कार्यकर्ताको घोर अपमान भएको छ । तथा पार्टीको हीत र एकतामा आघात पुगेको छ । यस सन्दर्भमा पार्टीपंक्ति र आम जनतामा व्यापक चासो र सरोकार रहेको तथा कतिपयले अनेक भ्रमपूर्ण प्रचार गरेको पाइएकाले तत्सम्बन्धमा प्रष्ट पार्नैपर्ने स्थिति सिर्जना भएको छ । षड्यन्त्रपूर्ण र स्वेच्छाचारी निर्णय । आम निर्वाचनको चर्चा हुन थालेपछि मैले चुनाव नलड्ने भन्दै गरिएको सुनियोजित प्रचार मेरो नाम, क्षेत्र, जिल्ला र प्रदेशबाट एकल सर्वसम्मत सिफारिस भएपछि तिब्र पारियो । यद्यपी मेरो घरमा आएका अछाम जिल्लाका तथा मसँग कुरा गर्ने सुदूरपश्चिम प्रदेशका नेताहरुलाई मैले निर्वाचन लड्न तयार रहेको र यस सन्दर्भमा पार्टी नेतृत्वको धारणा जान्न चाहेको कुरा गरेको थिएँ । सिफारिस नै नभएका व्यक्तिको एम्मेदवारुी अघि सारियो । यसो गर्नु कायकर्ता र जनताको भावनालाई कुल्चिने षड्यन्त्रपूर्ण, स्वेच्छाचारी काम भएको छर्लङ्ग छ ।’

नेता रावलले युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनेर चिनिएका एकनाथ ढकालको समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य सुनिश्चित गर्ने, निरंकुश व्यवस्थामा नेकपा एमाले नेता र कार्यकर्ता प्रताडित गर्ने व्यक्तिलाई हेटौंमा उम्मेदवार बनाउने, आफैँले प्रतिक्रियावादी भनेको राप्रपा र अध्यक्ष ओली केपी शर्मा ओली र माधवकुमार नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयासका साथै संविधान दिवसलाई कालो दिवसको रुपमा र एमालेलाई नश्लवादी पार्टी भन्ने जसपासँग चुनावी साँठगाँठ गर्ने, लोसपाका मानिसलाई बिहान पार्टी प्रवेश गराइ दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताको अनेकौँ कर्म र कुकर्म गरेकाहरुलाई धमाधम उम्मेदवार बनाउने कार्य पार्टीको कुन सिद्धान्त, विधि र अनुशासन भित्र पर्छ ? भनि प्रश्नसमेत गर्नुभयो ।

नयाँलाई अवसर दिने कुरा पार्टी अध्यक्ष र निकटहरुको हकमा लागू हुन नसकेको आरोप लगाउनु भयो । नेता रावलले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै बहुमतको सरकार हुँदा आधा समय बालकोट र अस्पतालमा समय बिताउनेले टिकट पाउने तर देश र जनताको हीतका लागि आवाज उठाउने व्यक्तिलाई टिकट नदिएकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button