मुख्य समाचारसमाचार
		
	
	
बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजारले मतदान गर्ने

 मकवानपुर । बागमती प्रदेशको काठमाडौँ उपात्यकालगायत १३ वटै जिल्लामा यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३४ लाख ७१ हजार सात सय ९२ मतदाताले मत दिने भएका छन् ।
मकवानपुर । बागमती प्रदेशको काठमाडौँ उपात्यकालगायत १३ वटै जिल्लामा यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३४ लाख ७१ हजार सात सय ९२ मतदाताले मत दिने भएका छन् ।तीमध्ये महिला १७ लाख ३७ हजार तीन सय ७८ र पुरुष १७ लाख ३८ हजार ८७ मतदाता रहेको  मकवानपुरस्थित बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
ती मतदाताका लागि जम्मा चार हजार एक सय ४३ वटा मतदान केन्द्र कायम गरिएको छ ।  काठमाडौँ उपत्यकालगायत १३वटै जिल्लामा अस्थायी मतदाता रहेकाले उनीहरूलाई आवश्यकताअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको र ती मतदान केन्द्रमध्ये कारागारमा रहेका कैदीबन्दी, तेस्रो लिङ्गी समुदाय र निजामती कर्मचारीलाई समानुपातिक सांसदको निर्वाचनमा मात्र मतदान गर्ने अवसर दिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकृत लुम्बनाथ पोखरेलले राससलाई जानकारी दिनुभयो ।
			
		 
				 
					 
					 
					 
					 
					



 
					
				
