मुख्य समाचारसमाचार

बालेनलाई हर्कको ढाडस: ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं,’

Harka Sampang supporting Balen

Gobal IME Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन् । आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन् ।

आइतबार सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त भएपछि मेयर शाहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारिखमा रहेको आफ्नो सोसल मिडिया मार्फत बताएका छन् ।

“आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा”  उनले सामाजिक सञ्जालमा लेखेका छन्, “र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।”

त्यसपछि साम्पाहाङले ‘नडराउनु’ भन्दै आफू साथमा रहेको बताए । साम्पाहाङले ट्वीटरमा ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं,’ लेखेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button