मुख्य समाचारसमाचार

‘इसा अवार्ड’ बाट सम्मानित डा. रुइतलाई मेयर बालेनले दिए बधाई

Gobal IME Bank

काठमाडौं । ‘इसा अवार्ड’ बाट सम्मानित हुनुभएका डा सन्दुक रुइतलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बधाई ज्ञापन गर्नुभएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ तथा ‘इसा अवार्ड’बाट सम्मानित हुनुभएका डा. रुइतलाई मेयर शाहले बधाई दिनुभएको हो । हिजो (मंगलबार) बहराइनमा आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले डा. रुइतलाई १० लाख डलर बराबरको अवार्ड प्रदान गर्नुभएको थियो ।

‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले डा. रुइतलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको महत्वुर्ण भूमिकाको योगदानका लागि अवार्ड प्रदान गरेको हो ।

डा रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधिको विकास गर्नुभएको छ । उहाँले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आउनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button