अन्यसमाचार

सम्बन्धविच्छेदबाट गुज्रिरहेका कर्मचारीलाई बिदा

Divorce holiday

Gobal IME Bank

विश्वका विभिन्न देशहरुका कम्पनीले कर्मचारीलाई फर्टिलिटी ट्रिटमेन्ट, महिनावारी बिदाजस्ता सुविधा दिइरहेका छन् । अब कम्पनीले सम्बन्धविच्छेदको प्रक्रियाबाट गुज्रिरहेका कर्मचारीलाई पनि सहारा दिन सुरु गरेको छ । सम्बन्धविच्छेदकको प्रक्रियाको समयमा कर्मचारी अदालती सुनुवाइका लागि जानुपर्ने हुन्छ त्यसैले यसका लागि उनीहरूलाई छुट्टीको व्यवस्था मिलाइएको छ । यसका साथै उनीहरूलाई आरामदायक महसुस भए पछि कार्यालयको काममा फर्किन स्वतन्त्रता पनि दिइएको छ ।

विशेषज्ञकाहरुका अनुसार सम्बन्धविच्छेदबाट गुज्रिरहेका मानिसहरुको मानसिक स्वास्थ्यको कारणले गर्दा काम गर्ने क्षमतामा निकै असर गर्छ । यस्तो समयमा उनीहरूलाई विभिन्न खालका सहयोगको आवश्यकता पर्छ । पार्टनरसँग छुट्टिन लाग्दा कर्मचारीलाई नकारात्मक भावनाले घेर्ने गर्छ । बिदाको प्रावधानको उद्देश्य कर्मचारीलाई पीडाबाट निस्कन सहयोग गर्नु हो । उनीहरूको जीवनलाई पुनः लयमा फर्काउनु हो । यस्तो समयमा कम्पनीले उक्त व्यक्तिहरुलाई थेरापी पनि दिइरहेका छन् ।

– सन् २०२२ मा अमेरिकाको एक कम्पनीले सम्बन्धविच्छेदको प्रक्रियाबाट गुज्रिरहेका १२ सय कर्मचारीका लागि सहायता कार्यक्रम सुरु गरेको थियो । यसमा थेरापी र कानुनी सहायता समावेश थियो ।

– यस्तै, बेलायतमा यस वर्षको सुरुवातमा सम्बन्धविच्छेदका बेला बालबालिकाका लागि काम गर्ने सङ्गठनले परिवार अनुकूल नीतिको पहल गरेको थियो ।

– अन्य युरोपेली देशका कम्पनीले पनि आफ्ना यस्ता कर्मचारीलाई मानसिक र आर्थिक मद्दतको सुविधा दिइरहेका छन् । उनीहरूको काउन्सिलिङ पनि गराइरहेको छ ।

सम्बन्धविच्छेद भएका महिलालाई खराब नजरले हेर्ने धेरै

अमेरिकाको युएस डिपार्टमेन्ट अफ जस्टिसका अनुसार सन् २००६ मा सम्बन्धविच्छेदपछि ३३ प्रतिशत महिलाले यौन हिंसाको सिकार हुनुपरेको थियो । यो कहानी अमेरिकाको मात्रै होइन । रिलेसनशिप काउन्सलर्सका अनुसार सम्बन्धविच्छेद भएका महिलालाई चरित्रहीन ठानिन्छ । श्रीमानलाई त छोड्न सक्नेले जे पनि गर्न सक्छन् भन्ने खराब दृष्टिकोणले महिलालाई हेरिन्छ । सम्बन्धविच्छेद भएका महिलाले कहिले कार्यालयमा त कहिले छिमेकमा पुरुषको खराब नजरको सामना पनि गर्नुपर्छ ।

पुरुष सम्बन्धविच्छेद पछि लजाउँदैनन्

रिलेसनशिप काउन्सलर्सका अनुसार विवाह टुट्नुको पछाडि पुरुष नै जिम्मेवार हुन्छन् भन्ने पनि हुँदैन । कतिपय अवस्थामा महिला पनि गलत हुन सक्छन् र सम्बन्धमा दरारको कारण बन्न सक्छन् । महिलाले धोका दिएपछि पुरुषको मन दुख्छ । पुरुषको पनि भावना हुन्छ र सम्बन्धविच्छेदले उनीहरूको मन मस्तिष्कलाई असर पारिरहेको हुन्छ । तर उनीहरू व्यवहारिक हुन्छन् त्यसैले आफूलाई छिट्टै सम्हाल्न सक्छन् । समाज पनि सम्बन्धविच्छेद भएका पुरुषप्रति नरम हुन्छन् ।

३७५० वर्ष अघि सुरु भयो सम्बन्धविच्छेदको चलन

सम्बन्धविच्छेदको चलन बेबीलोनका राजा हाम्मुरबीले करिब ३७५० वर्ष अघि सुरु गरेका थिए । बेबीलोन प्राचीन मेसोपोटामियाको सहर थियो जसको नाम अब बगदाद हो । यहाँ ढुङ्गामा २८२ कानुन कुँदियो जसमा सम्बन्धविच्छेदको कुरा पनि उल्लेख छ ।

फिलिपिन्समा सम्बन्धविच्छेद गैर कानुनी

आजकाल सम्बन्धविच्छेद गर्नु साधारण कुरा हो तर विश्वमा यस्ता दुई देश छन् जहाँ सम्बन्धविच्छेद गर्नुलाई गैर कानुनी मानिन्छ । युरोपको रोममा बसेको भेटिकन सिटी र फिलिपिन्समा विवाहित जोडीले सम्बन्धविच्छेद गर्न पाउँदैनन् ।

यी देशमा हुन्छन् ‘डिभोर्स सेरेमनी’

– उत्तरी अमेरिकामा युनिटेरियन युनिभर्सलिजम नामको धर्ममा धर्ममा सम्बन्धविच्छेद हुँदा ‘सेरेमनी अफ होप’ मनाइन्छ । यो कार्यक्रममा जोडीले सबैको अगाडि सम्बन्धविच्छेदको घोषणा गरेर एक–अर्कासँग माफी माग्छन् ।

– अमेरिकाको युनाइटेड मेथडिस्ट चर्चमा डिभोर्स सेरेमनी हुन्छ ।

– जापानमा सम्बन्धविच्छेद पछि विवाहको औँठीलाई हथौडाले तोड्ने गरिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button