मुख्य समाचारसमाचार
जितको घोषणा पर्खदै बालेन समर्थक, धन्यवाद र्याली-यस्तो छ रुट -GoodNews24

१
२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको घोषणपछि स्वतन्त्र उम्मेदवार बालने शाहले धन्यवाद र्यालीको आयोजना गर्ने भएका छन्। उनका पक्षधर भीम उपाध्ययका अनुसार राष्ट्रिय सभा गृहबाट सुरु भएर भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालीमाटीबाट कलंकी पुग्नेछ। त्यहाँबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिनेछ।
बालेन साहले यस अगि नै बिजयी जुलुस नगर्न आव्हान गरिसकेकाले र्यालीलाई धन्यवाद र्याली नाम दिइने भएको छ । र्याली
सभ्य र अनुशासित किसिमको हुने बताइएको छ। र्यालीमा सहभागीहरुले कसैको बिरोध गर्न वा कसैलाई गिज्याउन पाउने छैनन्। कसैलाई गाली गलोस वा बिरोध गर्न पाउने छैन । र्याली शान्त र सभ्य हुने छ ।




