मुख्य समाचारसमाचार

भवन नक्सा अद्यावधिक गर्न ७ हजार बढी निवेदन, १ हजार ७३५ नक्सा स्वीकृत

१० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका ७२ वटा नक्सा स्वीकृत

Gobal IME Bank

काठमाडौँ । मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका ७ हजार बढी निवेदकले काठमाडौँ महानगरपालिकामा नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् । प्राप्त निवेदनमध्ये १ हजार ७३५ जनाको नक्सा पास भएको छ । बाँकी निवेदकबाट नक्सा दर्ता गर्नेलगायत प्रक्रिया चलिरहेका छन् । मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेश गर्न ९० दिनको अवधि दिएर महानगरले २०७९ भदौ २३ गते सार्वजनिक सूचनामार्फत आव्हान गरेको थियो । सूचनालाई आधार मानेर नक्सा अद्यावधिक गर्न निवेदन परेको हो ।

सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पेश गर्न सकिने सूचनामा उल्लेख थियो । तोकिएको समयभित्र नक्सा पेश नगर्नेहरुको विवरण संकलन गरेर स्थानीय सरकार सञ्चालन ऐन २०७४, भवन संहिता सम्बन्धी प्रचलित व्यवस्था र महानगरको निर्णयबमोजिम कारवाही हुने व्यहोरा सार्वजनिक आव्हानको अर्को विषय हो ।

गएको साउनदेखि सहरी विकास विभागले ९६२ वटा डीपीसी (ड्याम प्रुृभ कोर्स) स्वीकृत गरेको छ भने १ हजार ७३५ वटा निर्माण सम्पन्न प्रमाण पत्र जारी गरेको छ । यस अवधिमा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका ७२ वटा भवनको नक्सा स्वीकृत भएका छन् ।

‘डिजिटल सिग्नेचरसहितको इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम ९इबिपीएस० महानगरले नक्सा स्वीकृतिका लागि प्रयोग गरेको अनलाइन प्रणाली हो । यो प्रणालीलाई राजस्व र वैङ्कसँग लिङ्क गरिएको छ ।’ महानगरका सहायक विज्ञ, स्ट्रक्चरल इञ्जिनियर सन्तोष पाण्डे भन्नुहुन्छ, ‘भवन संरचनासँग सम्बन्धित उजृरी पनि यही प्रणालीमा आवद्ध गरिएको छ । जनताका पीर मर्कासँग सम्बन्धित कानुनी कागजपत्र प्रणालीमा अपलोड गरेपछि कानुन विभागले प्रणालीबाटै कारवाही प्रक्रिया अगाडि बढाउँछ । प्रणालीमा नागरिकले आफ्नो फाइल कसको डेक्समा पुगेको छ । त्यो डेक्समा पुगेको कति समय भयो भनेर ट्र्याकिङ् गर्न सक्छन् ।’

भुइँ क्षेत्रको अनुपात (फ्लोर एरिया रेसियो — फार) सेट व्याक, टाँसिएको भवन, आंशिक निर्माण सम्पन्न, माटो परीक्षण, सम्बेदनशील क्षेत्र, संस्थागत भवन, सभा सम्मेलन भवन, सार्वजनिक भवन, व्यापारिक भवन भवन निर्माणसँग सम्बन्धित प्राविधिक विषय हुन् ।

काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ देखि ०७८÷०७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ वटा भवनको नक्सा स्वीकृत गरेको छ । सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार यी आर्थिक वर्षहरुमा क्रमशः ८६ वटा, ७७ वटा, ६५ वटा र ५० वटा भवनको नक्सा स्वीकृत भएको हो ।

२०८० साल बैशाख १ गतेदेखि ५ हजार स्क्वायर फिटसम्मका भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडाहरुलाई प्रदान गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button