अन्यसमाचारसूचना प्रविधि

चिसोमा बाइक स्टार्ट भएन ? समाधान गर्न यस्तो गर्नुस् -GoodNews24

Gobal IME Bank

चिसो मौसममा बाइक प्रेमीहरुको लागि खासै मन पर्दैन । यो समय बाइकमा यात्रा गर्नु अलि झन्झटिलो हुन्छ र बाइकमा यात्रा गर्दा चिसो लाग्ने समस्या पनि हुन्छ त्यसैले बाइक प्रेमीहरु चिसो मौसमको अन्त्यको प्रतीक्षा गरिरहन्छन । समस्या यति मात्र होइन चिसो मौसममा बाइक स्टार्ट नहुने समस्या अर्को ठुलो चुनौती हो । यो प्राय सबै बाइक प्रेमीहरुले चिसो मौसममा भोग्नु पर्छ । आज हामी यसै समस्याको समाधान कसरी गर्ने भन्ने बारे केहि टिप्सहरु यहाँ उल्लेख गर्नेछौ ।

१) किक अप्सनबाट स्टार्ट गर्नुहोस ।
अहिले नयाँ डिजाइनको साथ आउने बाइकमा किक अप्सन हुदैन तर जुन बाइकहरुमा किक अप्सन हुन्छ अटो स्टार्ट नभएको अवस्थामा किकबाट बाइक स्टार्ट गर्न सकिन्छ ।

२) चोक प्रदान गर्नुहोस ।
यो तरिका इलेक्ट्रनिक ईन्धन बाइकका लागि भने लागू हुँदैन ।  यदि तपाईंलाई चोक कसरी प्रयोग गर्ने थाहा छैन भने, बाइकमा भएको level लाइ “अन” मा राख्नुहोस र बाइक सुरू गर्नुहोस् । यसो गर्दा बाइक तिव्र revs बाट सुरू हुन सक्छ । जब सम्म इन्जिन पर्याप्त तातो हुँदैन तवसम्म चोकलाई ‘अन’ मा राख्नुहोस् र फेरि त्यसलाई “बन्द” गर्नुहोस् किनकि चोक अन भएको अवस्थामा बाइक चलाउनु हुदैन । अन्यथा, इञ्जिनमा बाधा आउछ र फ्युल इकोनोमी कम हुन्छ । साथै,बाइक स्थिर हुँदा चोक अन गर्नु हुदैन नत्र ईन्जिन ब्लक हुने सम्भावना हुन्छ ।

३) स्पार्क प्लगहरू सफा गर्नुहोस ।
यो बाइक मर्मत सम्भारको एउटा जरुरी पाटो हो । स्पार्क प्लग सफा राख्नाले बेस्ट इग्निशन र बाइक स्टार्ट सुनिश्चित गर्दछ । यो जाडोको लागि मात्र होईन जुनसुकै मौसमको लागि लागू हुन्छ । फोहोर स्पार्क प्लगले मिसफायर हुन सक्छ साथै बाइक स्टार्ट हुनमा समस्या पैदा गर्दछ ।

४) ब्याट्रीलाइ धेरै स्ट्रेस नगर्नुहोस् ।
यदि पहिलो प्रयासमा बाइक स्टार्ट हुन असफल भयो भने,लामो समयसम्म इग्निशनलाई अन नराख्नुहोस्। यसले ब्याट्रीलाई एकदम चाँडै खत्तम गर्छ र भविष्यमा बाइक इन्जिनमा ठूलो समस्या ल्याउन सक्छ । स्टाटरलाइ एकचोटिमा ५ सेकेन्डको लागि दवाउनुहोस र अर्को चोटि कोसिस गर्नु अघि कुल हुनको लागि २० सेकेन्ड समय दिनुहोस । यसो गर्दा ब्याट्री स्ट्रेस हुन्न र अर्को चोटि स्टार्ट गर्ने कोशिस गर्दा इग्निसनले चार्ज हुनको लागि प्रशस्त समय पाउछ ।

५) इन्जिन मुभिङ्ग हुनु अघि निष्क्रिय हुन दिनुहोस ।
धेरैको इन्जिनलाई तात्न प्रशस्त समय नदिइकन नै बाइक चलाउने बानि हुन्छ । इन्जिन चिसो अवस्थामै चल्दा लामो समयसम्म विभिन्न समस्याहरू निम्त्याउन सक्छ । यसले मुभिङ्ग पार्ट्सहरूमा क्र्याक र फ्र्याक्चर समेत हुन सक्छ । यसको लागि समाधान भनेको ईन्जिनलाई २-३ मिनेटको लागि निष्क्रिय हुन दिनु हो जुन समयमा ईन्जिन तात्दछ ,यसो गर्दा क्लच र गियरबक्समा तेल राम्रोसंग लुब्रिकेट हुन्छ, र अन्त्यमा बाइकले गति लिन सक्दछ।

६) बाइकलाई कभर गर्नुहोस् ।
हामी धूलो र फोहोर नहोस भनेर मात्र बाइक कभर गर्ने गर्छौ । बाइक कभरको लागि कपडाको कभर प्रयोग गर्नु भन्दा इन्सुलेट कभरले बाइक ढाक्दा फोहोर मात्र रोक्ने होइन बाइकले इन्जिनको तापक्रम समेत जोगाइराख्छ यसो गर्नाले बाइक स्टार्ट गर्न सहज हुन्छ । इन्सुलेट सामग्रीले बाइक ढाकेर राख्दा इन्जिनले लामो समयसम्म आफ्नो तापक्रम कायम राख्न सक्छ तसर्थ बाइक स्टार्ट पनि सजिलोसंग हुन्छ।

७) समयमा बाइक सर्भिस गर्नुहोस ।
जाडो समयमा हामीलाई जस्तै बाइकलाइ पनि बढी केयर गर्नु आवश्यक छ । चिसोको कारण बाइकको इन्जिनले त्यति राम्रो संग कार्य गर्दैनन् ।त्यसैले समय समयमा बाइकको इन्जिन ठिक छ या छैन भन्ने थाहा पाउन बाइक सर्भिसिंग गर्नु जरुरी हुन्छ । यसो गर्दा चिसोमा बाइक स्टार्ट नहुने समस्याबाट बच्न सकिन्छ ।

८)  गुणस्तरीय अनि शुद्ध तेलको प्रयोग गर्नुहोस ।
तपाइको बाइकमा तपाइले गुणस्तरिय तेल प्रयोग गर्नु भएको छ ?  शुद्ध तेल प्रयोग गरिएको अवस्थामा चिसोमा पनि बाइक स्टार्ट हुन खासै समस्या आउदैन भने अशुद्ध तेल प्रयोग गरिएको अवस्थामा जाडोमा बाइक स्टार्ट नहुने समस्या बढि देखिने गर्दछ ।

गुड न्यूज 24
www.gudnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″] [irp posts=”3930″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button