मुख्य समाचारसमाचार

सडक पेटीबाट हटाइयो मैतीदेवी प्रहरी बिट

मैतीदेवी मन्दिर परिसरमा प्रहरी विटका लागि ठाउँ उपलब्ध

Gobal IME Bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीबाट मैतीदेवी प्रहरी विट हटाएको छ । आज मध्यान्न महानगर प्रहरी बलले उक्त स्थानमा रहेको संरचना हटाएको हो ।

प्रहरी बिटका लागि मैतीदेवी मन्दिर परिसरमा स्थान उपलब्ध गराइएको छ । हामीले आपसी समन्वय र व्यवस्थापनका लागि गृहकार्य गरेर काम अगाडि बढाएका हौँ । वडाध्यक्ष कुश ढकाल भन्नुहुन्छ, ‘चोक सुधार र सौन्दर्यका लागि प्रयास गरेका हौँ ।’

सडक पेटीमा पैदल यात्रीलाई निर्वाध हिँड्न पाउने प्रबन्ध मिलाउन हामीले नेपाल प्रहरीसँग समन्वय गरेर संरचना हटाएका हौँ । महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार संरचनाभित्र रहेका सामान सारेर खाली गराइएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button