अन्यसमाचार

‘हरियाल’ चरा, जस्लाई तपाइले कहिल्यै भुँइमा देख्न पाउनुहुन्न् !

Gobal IME Bank

एजेन्सी । पृथ्वीमा धेरै प्रकारका जनावर र पंक्षीहरू बस्छन् । तपाईंले रुखमा बसेको वा आकाशमा उडिरहेको पंक्षीहरू देख्नु भएको होला । यसका साथै भुइँमा बसेर वा दाना टिप्दा चरा त देख्नुभएको होला तर यो संसारमा एउटा यस्तो चरा पनि छ जसले आफ्नो खुट्टा जमिनमा राख्न चाहँदैन । हो, हरियाल नामको यो चराले कहिल्यै भुइँमा पाइला राख्दैन ।

यस चराको वैज्ञानिक नाम ट्रेरोन फोनिकोप्टेरा हो र यसले बर र पिपलको रुखमा गुँड बनाउँछ । यसले घाँसको पराल र पातबाट गुँड बनाउँछ । यो चराको बारेमा यो पनि भनिन्छ कि यो घना र अग्लो रूखहरूमा आफ्नो गुँड बनाउन मन पराउँछ ।

हरियाल को रूप परेवा जस्तै छ । साथै, यो चराको रंग खैरो र हरियोसंग मिश्रित छ । यसमा पहेंलो धारहरू छन् । यो चराको ठोंड बाक्लो र बलियो हुन्छ । आँखाको रंग नीलो र यसको वरिपरि गुलाबी घेरा छ । यसलाई अंग्रेजीमा ग्रीन पिजन भनिन्छ ।

यो चरा पातलो वा सदाबहार वनका रूखहरूमा बस्न रुचाउँछ । जमिनमा आउन रुचाउँदैन, त्यसैले जीवनभर रुखमै बिताउँछ । यसको आयु करिब २६ वर्ष हुन्छ र यो तीन सेन्टिमिटर लामो छ । तपाईंले यो चरालाई रूखको टुप्पोमा बसेको देख्नुहुनेछ । हरियाल चरा शाकाहारी पंक्षी हो र यसले फलफूल, बोटबिरुवा र अन्न खान मन पराउँछ ।

नेपालबाहेक भारत, पाकिस्तान, श्रीलंका, बर्मा, चीन आदि देशमा पनि यी चरा पाइन्छ । भनिन्छ यो चरा निकै लजालु हुन्छ । मान्छे आउनेबित्तिकै चुपचाप बस्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button