समाचार

‘हटस्पट’ पर्सामा संक्रमितको संख्या घटदै-GoodNews24

Gobal IME Bank

वीरगञ्ज – कोरोना संक्रमणको ‘हटस्पट’ बनेको पर्सामा पछिल्लो समय संक्रमितको संख्या घटदै गएको छ। संक्रमितको संख्या घटेसँगै उपचार पछि निको हुनेको संख्या पनि बढ्दै गएको छ। पछिल्लो एक हप्तामा जिल्ला भरिमा संक्रमितहरुको संख्या थपिने क्रममा पनि कमि आएको छ। भदौ १३ गतेदेखि भदौ २० गते शनिबार सम्म जिल्लामा कुल २ सय ४९ जना संक्रमितहरु थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गत भदौ १३ गते शनिबार जिल्लामा कुल ४९ जना संक्रमित थपिएका थिए । त्यस्तै १४ गते ४७ जना, १५ गते ३४ जना, १६ गते १७ जनामा संक्रमण देखिएको थियो । एक हप्तामा ४ सय ४५ जना संक्रमित निको भएर घर फर्केका छन्।

भदौ १३ गते देखि २० गतेसम्म पछिल्लो एक हप्तामा जिल्लाभरिमा कुल ४ सय ४५ जना उपचार पछि निको भई घर फर्केका छन्। गत भदौ १३ गते ६१ जना, १४ गते ३७ जना, १५ गते २१ जना, १६ गते ४२ जना, १७ गते १०९ जना, १८ गते ३६ जना, १९ गते ४६ जना तथा २० गते ९३ जनाले कोरोना जितेका थिए।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button