मुख्य समाचारशिक्षा स्वास्थसमाचार

लो ब्लड प्रेसरको समस्याबाट कसरी छुटकारा पाउने ? खानुहोस् यी खानेकुराहरु

Gobal IME Bank

एजेन्सी । बदलिँदो जीवनशैली र गलत खानपानको कारण अहिले ‘लो ब्लडप्रेसर’को समस्या बढि रहेको छ । न्यून रक्तचापको समस्याका मुख्य लक्षणहरू चक्कर लाग्नु, बेहोस हुनु, थकान लाग्नु, सास फेर्न गाह्रो हुनु आदि हुन् । धेरै मानिसहरूले उच्च रक्तचापलाई मात्र गम्भिर समस्या मान्छन् तर न्यून रक्तचाप पनि उत्तिकै गम्भिर समस्या हो । शरीरमा रक्तसञ्चार ठिक नहुँदा रक्तचाप कम हुने समस्या हुन्छ । लो ब्लड प्रेसरको समस्याबाट छुटकारा पाउनको लागि के के खानेकुराको सेवन गर्नु पर्छ ?

किशमिश
किशमिशमा प्रचुर मात्रामा भिटामिन र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले हाम्रो शरीरको रक्तसञ्चारलाई ठीक राख्न मद्दत गर्छ । कम रक्तचापका बिरामीले आफ्नो आहारमा किसमिस समावेश गर्नुपर्छ ।

बदामयुक्त दूध
कम रक्तचापका बिरामीले बदामयुक्त दूध खानुपर्छ । बदामको दूध सेवन गर्नाले रक्तचाप नियन्त्रणमा राख्न मद्दत मिल्छ । यसका साथै निम्न रक्तचापका बिरामीले पनि दैनिक ५–६ वटा बदाम खाँदा पनि फाइदाजनक हुन्छ ।

नुन
लो ब्लड प्रेसर बढाउन नुनिलो खानेकुरा बढी सेवन गर्नुपर्छ । सोडियमयुक्त खानेकुराको सेवनले कम रक्तचापलाइ बढाउन मद्दत मिल्छ । न्यून रक्तचापका बिरामीले आफ्नो आहारमा बढी नुनिलो कुरा समावेश गर्नुपर्छ ।

तुलसी पातहरू
तुलसीको पात स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तुलसीको पातमा पोटासियम, म्याग्नेसियम र भिटामिन प्रशस्त मात्रामा पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । कम रक्तचापका बिरामीले दैनिक ५ देखि ६ वटा तुलसीको पात खानुपर्छ । न्यून रक्तचापका समस्या भएका व्यक्तिले तुरुन्तै चिकित्सकसँग परामर्श लिँदा फाइदाजनक हुन्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button