शिक्षा स्वास्थसमाचार

ब्रेन क्यान्सर हुन सक्ने ९ लक्षण, जसले ब्रेन क्यान्सर हुन सक्ने संकेत दिन्छन्

Brain Cancer

Gobal IME Bank

काठमाडौँ। मस्तिष्कमा अनियन्त्रित रुपमा कोषिकाहरुको वृद्धि हुनुलाई ब्रेन ट्युमर भनिन्छ । ट्युमर दुई किसिमका हुन्छन्, विनाइन र मिलिग्नेन्ट ।

विनाइल नफैलिने किसिमको ट्युमर हो यसले क्यान्सर गराउँदैन । तर मिलिग्नेट ट्युमर भने मस्तिष्कमा फैलिने भएकाले यसले ब्रेन क्यान्सर गराउँछ । त्यसैले मिलिग्नेट ट्युमर आउदा ब्रेन क्यान्सरको जोखिम हुन्छ। यो रोगप्रतिरोधात्मक क्षमता कम भएका र वृद्ध उमेरका व्यक्तिमा धेरै हुने जोखिम हुन्छ।

ब्रेन क्यान्सर हुनुको कारण हाल सम्म पत्ता लागेको छैन । कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुन सक्छ भने कुनै विकिरण वा रेडिएसनमा एक्सपोज हुनाले हुन सक्छ । धुम्रपान, मदिरापान र प्रदूषण पनि यसका कारण हुन सक्छन् । सुरुवाती अवस्थामै यसको पहिचान भएको खण्डमा यो रोग पूर्ण रुपमा निको पार्न सकिन्छ ।

ब्रेन क्यान्सरका लक्षणहरु

१। टाउको दुख्ने

टाउको दुख्नु ब्रेन क्यान्सर हुन सक्ने एक लक्षण हो । सुरुवाती अवस्थामा बिहान उठ्ने बित्तिकै टाउको दुख्छ र पछि लगातार दुख्ने हुन्छ ।

२। बान्ता हुने

टाउको दुखेर बान्ता हुने। खाना खान मन नलाग्ने, सुरुमा यो लक्षण पनि बिहानको समयमा देखिने भए पनि बिस्तारै यो समस्या बढ्दै जान सक्छ ।

३। अचानक ढल्ने समस्या

ब्रेन क्यान्सर हुँदा देखिने अर्को लक्षण रिंगटा लाग्नु हो । कहिलेकाहीं धेरै रिंगटा लागेमा मानिस ढल्ने गर्छ । जीउ काम्ने समस्या पनि हुन सक्छ ।

४। मुर्छा पर्नु

ब्रेन ट्युमरका कारण कोषिकाले मस्तिष्कभित्र आफ्नो जालो फैलाउन थालेपछि यसले वरिपरिका कोषिकालाई समेत प्रभावित पार्छ । जसकारण बिरामी बारम्बार मुर्छा पर्ने, बेहोस हुने समस्या हुन थाल्छ ।

५। हातखुट्टा लुलो महसुस हुनु

ट्युमरमा मानिसको हातखुट्टामा अचानक लुलो कमजोर हुन सुरु हुन्छ । मानिसले आफ्नो शरीरका सबै अंग निष्क्रिय हुन थालेको महसुस हुन्छ । यो प्यारालाइसिस हुनु भन्दा अगाडीको अवस्था हो ।

६। प्यारालाइसिस महसुस हुनु

मस्तिष्कमा ट्युमर बढ्दै गएपछि शरीरका विभिन्न अंगबाट मस्तिष्कको नियन्त्रण टुट्दै जान्छ । जसकारण बिरामीलाई प्यारालासिस वा पक्षघात भएको जस्तो महसुस हुन्छ । यस्तो परिस्थितिमा हात तथा खुट्टाले काम गर्न बन्द गर्छ । यसबेला शरीरको आधा भाग प्यारालाइसिस हुने सम्भावना हुन्छ । कुनै बेला पूरै शरीर पनि प्यारालाइसिस हुन सक्ने जोखिम हुन्छ ।

७। आँखाको दृष्टि कमजोर हुँदै जाने

ट्युमर भएपछि बिस्तारै आँखा कमजोर हुँदै जान्छ । समयमा उपचार भएन भने आँखाको दृष्टि नै गुम्न पनि सक्छ ।

८। व्यवहारमा परिवर्तन आउने

ट्युमरका कारण शरीरका अंग तथा मानसिक अवस्थामा मात्र नभई स्वभावमा समेत प्रभाव पर्छ । मानिसले आफ्नो व्यवहारलाई नियन्त्रण गर्न सक्दैन, जसकारण उसमा चिडचिडापन तथा उदासी, एक्लो बस्ने, टोलाउने, कसैसँग नबोल्ने खालका परिवर्तनहरु आउने गर्छ । यसबाहेक बोल्ने, सुन्ने शक्ति पनि कम हुँदै जान्छ । यही कारण व्यक्तिको आवाज हराउनुका साथै उनीहरुको मुखसमेत बाङ्गिने समस्या हुन्छ । टाउको दुख्नुका साथै सम्पूर्ण शरीर कमजोर भएको महसुस हुन थाल्छ ।

९। चेतना कम हुँदै जाने

यसमा आफूले अहिले भर्खर के गरे, के खाएँ र आफ्नो सामान कहाँ राखे भन्ने पनि बिर्सने समस्या हुन्छ ।

कसरी थाहा पाउने ?

ट्युमर आएको बाहिरबाट त्यत्तिकै थाहा पाउन सकिंदैन । ट्युमरका केही लक्षण देखा परेमा सिटी स्क्यान र एमआरआई गराएर थाहा पाउन सकिन्छ ।

उपचार

क्यान्सर नगराउने ट्युमरलाई औषधिको प्रयोग गरेर नै निको पार्न सकिन्छ । तर क्यान्सर गराउने ट्युमरको शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । साथै यसलाई फैलिन र बढ्न नदिन किमोथेरापी पनि गर्नु पर्ने हुन्छ । क्यान्सर नगराउने ट्युमर पूर्ण रुपमा निको हुन्छ । क्यान्सर गराउने ट्युमर भने शल्यक्रिया गरे पनि बल्झिने सम्भावना रहिरहन्छ ।

जोखिम

यसको समयमा उपचार भएको खण्डमा निको पार्न सकिन्छ । तर समयमा उपचार नभएमा बिरामीको ज्यान जाने जोखिम हुन सक्छ । यो मस्तिष्कको कुन ठाउँमा कति भाग ओगटेको छ भन्नेमा कुरामा पनि भर पर्छ ।

बच्ने उपाय

ब्रेन ट्युमर हुन नदिन यहि उपाय अपनाउन सकिन्छ भन्ने हुँदैन । किनकि मस्तिष्कका कुनै कोषको अनियन्त्रित वृद्धि भएर मासुको जस्तो डल्लो बन्दा ट्युमर हुने हो र यो बाहिरबाट देखिंदैन । तर ब्रेन क्यान्सर हुने सम्भावना कम गर्न विभिन्न प्रकारका विकिरणबाट जोगिने र मद्यपान तथा धुम्रपानबाट टाढा रहँदा केही हदसम्म बच्न सकिन्छ । त्यस्तै कुनै पनि लक्षण देखिएमा वा शंका लागेमा तुरुन्त न्युरोलोजिस्ट ९नसारोग विशेषज्ञ०सँग परामर्श तुरुन्तै लिनु पर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button