समाचार

भैँसी पाल्दै नामसँगै दाम कमाउँदै-Goodnews24

Gobal IME Bank

जुम्लाको गुठीचौर गाउँपालिका–५ का बिष्णु धिताल जिल्लाकै नमुना तथा व्यावसायिक भँैसीपालक किसानका रुपमा परिचित छन् । भँैसीपालन व्यावसाय शुरु गरेका उहाँले अहिले नामसँगै दाम कमाउँदै आएका छन् । व्यावसायिक भैँसी पालनबाट राम्रो आम्दानी गर्दै आएका उहाँसँग अहिले जिल्लाका अन्य पशुपालन कृषकले समेत सुझाव र सल्लाह लिन आउने गरेका छन् ।
उहाँले २०५२ सालदेखि एक भैँसीबाट व्यावसाय शुरु गर्नुभएको थियो । यसपछि २०६३ पछि व्यावसायिक रुपमा भँैसीपालन शुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पहिला एक मात्रै भैँसी थियो । ०६३ साल दुईदेखि चार भैँसी पाल्न शुरु गरेँ । झिसमिसे उज्यालो नहुँदै मोटरसाइकलमा सदरमुकामका डेरी र होटलमा दुध पु¥याउने मेरो दैनिकी बनेको छ ।” उहाँसँग अहिले १५ भैँसी रहेका छन् । उहाँले भन्नुभयो,“व्यावसायिक भैँसी पालक रुपमा आफ्नो कर्म र भविष्य सम्झेर दिनरात नभनी व्यावसायमा खटिरहेको छु ।” धन कमाउन विदेश नै जानुपर्छ’ भन्ने सोच र मानसिकता भएका व्यक्तिलाई किसान धितालले गतिलो सन्देश दिँदै आएका छन् । सीप, जाँगर र परिश्रम गर्न सके स्वदेशमै बसेर पनि विदेशको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण सहित प्रस्तुत भएका उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”7354″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button