Grace Computer Jawalakhel
अन्यगुड न्यूज 24समाचार

कार चलाउदा हुने १० गल्तिहरु, जसले इन्जिनको आयु घटाउँछ । – GoodNews24

कार धेरै किनी रहने सामान होइन त्यसैले कार चलाउने व्यक्तिले ड्राइभिङ्ग गर्दा  थोरै सावधानी अपनाउनु जरुरी हुन्छ । चाहे तपाई जति नै अनुभवी ड्राइभर किन नहोस कहिँ न कहिँ जानाजान या अन्जानमा तपाइँ यस्ता गल्ति गरि रहनु भएको हुन्छ जसले तपाइको कारको  सिस्टममा असर गरिरहेको हुन्छ र  तपाइँलाई थाहा पनि हुन्न कि मैले गलत गरिरहेको छु । तपाइलाई लाग्छ कि यो सामान्य ड्राइभिङ्ग स्किल हो ।

कार गुडिरहेको अवस्थामा कारको अटोमोबाईल सिस्टममा धेरै पार्ट पुर्जाहरु निरन्तर गतिमा चल्छन। सवारी गुड्नको लागि, धेरै मुभिङ्ग पार्ट्सहरुले एकैसाथ एउटै डिजाइनमा कार्य गर्दछन । यद्यपि गाडीको एक महत्त्वपूर्ण अंश बिग्रिएमा कारको सम्पूर्ण सिस्टमलाई असर गर्न सक्छ। ति पार्ट्सहरुको कार्य क्षमता कार चलाउने व्यक्तिमा निर्भर गर्दछ। वर्षौं कार चलाएको व्यक्तिले कारको मर्मतसम्भारको बारेमा धेरै कुरा सिक्दछ, तर केही खराब बानीहरू पनि विकास गर्दछ जसले गाडीको जीवनलाई छोट्याउन सक्छ। यहाँ १० वटा खराब ड्राइभिङ्ग बानीहरू छन् जसले तपाईको कारको जीवनलाई घटाउन सक्छन्। यदि तपाइँ चाहनुहुन्छ कि तपाइको कार बर्षौसम्म राम्रो संग चलोस् त तपाइले यी गल्तिहरु गर्नु हुदैन ।

१ । लामो दुरीको यात्राबाट फर्किए पछि हामी घर पुग्छौ, गाडिको चावी निकाल्छौ र घर भित्र जान्छौ सबै भन्दा ठुलो गल्ति यहिनेर हुन्छ । गाडिमा भएको टर्बो चार्जर यस्तो मेसिन हो, जसले तपाइको गाडीलाई चल्नको लागि शक्ति प्रदान गर्दछ । गाडि रोकी सक्दा पनि टर्वो चार्जर केहि समय एक्टिभ भइरहेको हुन्छ । यस अवस्थामा अचानक गाडिको चावी निकाल्दा टर्बो चार्जरमा असर पर्छ त्यसैले लंग ड्राइभबाट फर्केपछि गाडी रोकिएको केहि समयसम्म धैर्य गरेर मात्र  अफ गरि गाडीको चावी निकाल्नु पर्दछ ।

२ । दोस्रो गल्ति जुन गाडि चलाउदा बस्ने पोजिसनसंग सम्बन्धित छ । धेरै व्यक्तिहरु गाडि चलाउन बस्दा एउटा हात स्टेरिङ्गमा अनि अर्को हात गियरमा राख्छन देख्दा सामान्य लाग्ने यस पोजिसनमा केहि खराबी छैन जस्तो लाग्छ । लगातार गियरमा हात राख्नाले गियर संग जोडिएका अन्य पार्ट्सहरुमा घर्षण हुन्छ जसले गर्दा गियर अनि गियरसंग जोडिएका अन्य पार्ट्स छिटो बिग्रिने सम्भावना हुन्छ । त्यसैले जव तपाइँ गाडि चलाइरहेको हुनुहुन्छ आफ्नो दुवै हात स्टेरिङ्गमा राख्ने र आवश्यक पर्दा मात्र गियरमा थिच्नु उत्तम हुन्छ ।

३ । गाडि चलिरहेको अवस्थामा अचानक अगाडि कुनै वाधा (स्पिड ब्रेकर ) आइपरेमा धेरै व्यक्तिहरु गियर चेन्ज नगरी सिधा ब्रेक लगाउछन र फेरी सोहि गियरमा गाडि चलाउछन यसो गर्नु गाडीको लागि सबै भन्दा खतरनाक गल्ति हुन्छ । जव सामुन्ने कुनै स्पिड ब्रेकर आउँछ तव पहिलो गियरमा राख्नबाट नचुक्नुहोस यस्तो गर्नु गाडीको इन्जिनको लागि एकदम जरुरि छ । ठुलो गियरमा कम गतिमा गाडि चलाउनु धेरै खतरनाक हुन्छ यसो गर्दा गाडिको इन्जिनमा छिटो खरावी आउँछ त्यसैले यो गल्ति भुलेर पनि नगर्नुहोस ।

४ । अर्को ठुलो गल्ति क्लजमा खुट्टा राखी रहनु हो । गाडि चलाउदाको समय अनावश्यक रुपमा क्लजमा खुट्टा टेकाएर राखी रहनाले क्लज प्लेट्समा घर्षण हुन सुरु हुन्छ   । निरन्तर क्लज प्लेट्समा घर्षण हुनाले यो छिटो बिग्रिने गर्दछ । त्यसैले जव तपाइलाइ लाग्छ कि क्लजको जरुरी छ तव मात्र क्लजमा खुट्टा राख्नुहोस । गाडीको इन्जिन चालु रहेको अवस्थामा यदि तपाइलाइ केहि समय गाडि रोक्नु पर्ने अवस्था छ भने गियरलाइ न्युट्रल राखी क्लजबाट खुट्टा हटाउनुहोस यसले तपाइको कार इन्जिनको लाइफ लामो बनाउन भरपुर सहयोग गर्दछ ।

५ । जव चिसो मौसममा रातभर गाडि स्थिर हुन्छ अनि बिहान हामी अचानक  अन गरेर गाडि चलाउन सुरु गर्छौ। चिसोमा गाडिको इन्जिन राम्रोसंग एक्टिभ हुनको लागि केहि समयको जरुरत हुन्छ । त्यसैले जाडोमा गाडि चलाउदा जहिले पनि इग्निसन अन गरेर स्टार्ट रहेको अवस्थामा २ मिनेटको लागि छोड्नु पर्दछ अनि मात्रै गाडिको गति आवश्यक मात्रामा बढाउनु पर्दछ । यसो गर्दा इन्जिनको लाइफ पनि बढ्छ र गाडीलाई प्रेसर पनि कम हुन्छ ।

६ । गाडी चलाउने धेरै व्यक्तिहरु ब्रेकमा खुट्टा दवाएर राख्छन । ब्रेकको लागि तयारी अवस्थामा रहनु राम्रो हो तर ब्रेकमा खुट्टा दवाएर राख्दा गाडि कन्ट्रोलमा रहन्छ भन्ने ठानेर ब्रेकमै खुट्टा दवाएर राख्नाले ब्रेकसंग जोडिएका इन्जिनाहरुमा निरन्तर घर्षण पैदा हुन्छ जसले ब्रेकको कार्य क्षमतामा प्रत्यक्ष असर गर्दछ । गाडी चलाउदा यो गल्ति बिल्कुल नगर्नुहोस ।

७ । गाडी रोक्दा प्राय व्यक्तिहरु तेस्रो या चौथो गियरमा गाडि रोक्छन यसो गर्दा केहि फरक त पर्दैन तर फेरी गाडि चलाउदा पहिलेकै स्थितिमा गियरलाइ नल्याउनु अर्को ठुलो गल्ति हुन जान्छ । ब्रेक लगाए पछि गियरलाइ तल्लो गियरमा राखेर फेरी गाडि चलाउन सुरु गर्नु पावर सिस्टमको लागि अति महत्वपूर्ण छ यसो नगरी तेस्रो या चौथो गियरबाट फेरी गाडि चलाउन सुरु गर्नु तपाइको गाडीको इन्जिनको लागि घातक हुन्छ ।

८ । सामान्य देखिने अर्को गल्ति तव हुन्छ जव गाडि अघि बढिरहेको बेला ब्रेक लगाएर फेरी पछाडी सार्नु पर्ने अवस्था हुन्छ । गाडि चलिरहेको अवस्थामा अगाडीको मुभमेन्ट नरोकी अचानक रिभर्स गर्नु अर्को घातक गल्ति हो । गाडिको इन्जिन सिस्टममा ब्याकवार्ड र फरवार्ड मुभ आरामले गर्नु जरुरी हुन्छ । गाडीलाई रेस्ट नदिइकन अर्थात गाडि पूर्ण रुपमा नरोकिइ रिभर्स गर्नाले इन्जिनमा सिधा नोक्सान पुर्याउँछ । त्यसैले यो गल्ति हुनबाट गाडीलाई जोगाउनुहोस ।

९ । कम गतिमा चलिरहेको गाडीलाई अचानक गति बढाउदा या तिव्र गतिमा चलिरहेको गाडीलाई अचानक कम गतिमा ल्याउदा तपाईलाई रोमाञ्चक पक्कै लाग्न सक्छ तर यसो गर्नु गाडिको इन्जिनको लागि भने घातक सावित हुन्छ । यसो गर्दा गाडिको सन्तुलन त बिग्रिन्छ नै साथ् साथै इन्जिनको प्रेसर पनि बढ्छ र इन्जिनहरु छिटो बिग्रिने सम्भावना हुन्छ ।

१० । गाडीको ख्याल राख्नु भयो भने गाडीले तपाइको ख्याल राख्छ। त्यसैले गाडीलाई निरन्तर सर्भिसिंग गर्नुहोस र साथै यसको  इन्जिनको तेललाइ समय समयमा चेन्ज गर्नुहोस । गाडी चलि नै रहेको छ भनेर बिग्रिएको या बिग्रिने अवस्थामा रहेको इन्जिन बिना मर्मत नचलाउनुहोस र हुन सक्छ भने १५/१५ दिनमा टायरको एयर प्रेसर चेक गर्नुहोस । ड्राइभिङ्ग गर्दा यी सामान्य कुराहरुमा ध्यान दिए तपाइको गाडिको लाइफ तपाइले सोचे भन्दा बढि हुन सम्भव हुन्छ ।

गुड न्यूज 24
www.gudnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button