गुड न्यूज 24सफल कथासमाचार

मिसन टु कनेक्ट १ मिलियन पिपलः क्लाउड फ्याक्ट्रीको सफलताको कथा

Gobal IME Bank

काठमाडौँ । घरमा नै बसेर काम गर्ने कुरा हुँदा पक्कै पनि हामीले क्लाउड फ्याक्ट्रीको नाम सुनेको हुनु पर्छ अथवा हाम्रो कोही साथी क्लाउड फ्याक्ट्रीमा काम गर्ने गरेका पनि छन् होला । नेपालमा धेरै विद्यार्थीहरु अहिले क्लाउड फ्याक्ट्रीमा काम गर्ने गरेको पाइन्छ । क्लाउड फ्याक्ट्रीले नेपाल र केन्या जस्तो विकासोन्मुख देशहरुलाई रोजगारीको वातावरण उत्पन्न गरेर ठुलो सहायता गरेको छ ।

के हो क्लाउड फ्याक्ट्री र के काम गर्छ यो फ्याक्ट्रीले ?
क्लाउड फ्याक्ट्रीले आइ टि सर्भिस र आइ टि कनसल्टीङको काम गर्छ । यो कम्पनीले इमेज एनोटेसन, भिडियो एनोटेसन, डिजिटाइजेसन, क्राउड सोर्सिङ,डाटा प्रोसेसिङ, नेचुरल ल्याङवेज प्रोसेसिङ र मेसिन लर्निङ इत्यादि कामहरु गर्ने गर्छ । यो कम्पनीले माइक्रोसफ्ट, गोस्पट चेक, हमिङ बर्ड टेक्नोलोजी, इब्बोटा र लुमिनार जस्ता कम्पनीहरुको लागि काम गर्ने गरेको छ ।

क्लाउड फ्याक्ट्रीले मानिस र टेक्नोलोजीलाई कम्बाइन गरेर मेसिन लर्निङ र बिजनेस प्रोसेस अप्टिमाइजेसनमा कार्यबल समाधान प्रदान गर्ने काम गर्छ । क्लाउड फ्याक्ट्रीको अफिस नेपाल, केन्या, युके र युएसमा रहेको छ । यो कम्पनीले १ मिलियन मानिसहरुलाई कनेक्ट गर्ने टार्गेट राखेको छ । क्लाउड फ्याक्ट्रीको मुख्य लक्ष्य विकासोन्मुख देशहरुमा रोजगारीको अवसर प्रदान गर्नु हो । हाल क्लाउड फ्याक्ट्रीमा १०,००० भन्दा बढी क्लाउड वर्करहरु छन् ।

सामाजिक र आर्थिक विकास नभएको देशका युवाहरुलाई रोजगारीको अवसर प्रदान गर्ने यो कम्पनीको सुरुवात कहिले र कसरी भयो ?

सन् २००८ मा मार्क सेर्स आफ्नो श्रीमती सँग दुइ हप्ताको लागि नेपाल घुम्नको लागि आउनु भएको थियो । २ हप्ताको लागि मात्र घुम्न भनि आएका मार्कले आफ्नो नेपाल भ्रमणको यात्रालाई ४ हप्ता बढाएर बस्नु भएको थियो त्यही समयमा मार्कको चार जना स्मार्ट र यङ्ग सफ्ट वेयर डेभलपरसँग भेट भएको थियो । उहाँले ती चारजना युवालाई ‘ रुबि अन रेल्स ’ नामको टेक्नोलोजीको बारेमा ट्रेनिङ दिनु भयो । पछि उनीहरुको टिमलाई नर्थ अमेरिकाबाट पेड प्रोजेक्टको काम प्राप्त भएको थियो । त्यसपछि मार्कले अरु थप लोकल कम्प्युटर इन्जिनियरमा स्नातक गरेको विद्यार्थीहरुलाई हायर गर्नु भयो र थप प्रोजेक्टहरु उनीहरुलाई आउन थाल्यो ।

मार्क नेपालमा बसेको एक वर्ष भईसकेको थियो जब सफ्टवेयर आउट सोर्सिङ बिजनेसको विकास भई रहेको थियो । त्यही समयमा मार्कको क्लाइन्टहरुले उहाँ सँग इमेज, भिडियो ट्यागिङ र अनलाइन रिर्सच जस्ता डाटा सँग रिलेटेड कामहरु गर्नको लागि प्रस्ताव राखेका थिए । त्यतिबेला नेपालमा ४० प्रतिशत बेरोजगारी थियो । मार्कले यहाँ डाटा सर्भिसको माग र ट्यालेन्टको सप्लाई हुन सक्ने वातावरण देख्नु भयो र मार्क नेपाली छिमेक र त्यहाँको ट्यालेन्ट विद्यार्थीहरु सँग पनि परिचित हुनु भई सकेको थियो । ती व्यक्तिहरुलाई रोजगारी मिल्ने अवसर देखिएपछि मार्कले सन् २०१० मा क्लाउड फ्याक्ट्रीको सुरुवात साइड प्रोजेक्टको रुपमा गर्नु भएको थियो । क्लाउड फ्याक्ट्रीमा काम गर्नको लागि ७ जना प्रोफेसनलहरुको परिवार नर्थ अमेरीकाबाट नेपाल बसाई सरेका थिए । त्यतिबेला क्लाउड फ्याक्ट्रीमा ३००० डाटा अपरेटर र १३० कर्मचारीहरु भई सकेका थिए ।

क्लाउड फ्याक्ट्रीको जन्म नेपालका ट्यालेन्टेड युवाहरुलाई रोजगारीको अवसर प्रदान गर्नको लागि भएको थियो । सोसल मिसन यो कम्पनीको इतिहास, उदेश्य र संस्कृतिको कोर पार्ट हो । क्लाउड फ्याक्ट्रीमा कर्मचारीले ५ जनाको टिममा काम गर्छन् र कम्पनीले उनीहरुलाई लिडरसिप,कम्पिटेन्सी, क्यारेक्टर र अकाउन्टिबिलिटी जस्ता कुराहरुको बारेमा विक्ली लेसनहरु पनि दिने गर्छ । यसरी काममा सिकेको कुराहरु उनीहरु दैनिक जीवन र समाजमा समावेश गर्छन् ।

हाल सम्म क्लाउड फ्याक्ट्रीको टिमले १५०० भन्दा बढी कम्युनिटी प्रोजेक्टहरु गरेको छ भने कम्पनी ५८,००० पर्सनल स्टेपमा कमिटेड पनि छ । क्लाउड फ्याक्ट्रीको फोकस कमाउनमा मात्र नभई आफ्नो कर्मचारीको व्यक्तित्व विकासमा पनि रहेको छ । क्लाउड फ्याक्ट्रीले आफ्नो कम्पनीको मात्र नभई समाजको विकासको लागि कम्युनिटी सर्भिसको कार्यक्रमहरु पनि गर्ने गरेको छ जस अन्तर्गत समाजमा भएका विभिन्न समस्याको समाधानको लागि कर्मचारीहरुले विभिन्न कार्यक्रम अर्गनाइज गरेर समाजमा सहयोग गर्ने गर्छन ।

चार जनाबाट सुरु भएको यो कम्पनी अहिले नेपालको टप कम्पनीमा गनिन्छ र यो कम्पनीले नेपाल र अरु विकासोन्मुख देशहरुमा रहेको युवाहरुलाई रोजगारीको अवसर प्रदान गर्ने काम गर्नुका साथै समाजलाई पनि मद्दत पुर्याएको छ ।

यसरी घुम्न र आफ्नो नेपाली साथीलाई भेट्नका लागि नेपाल आएका विदेशी मार्कको परिवारले आज नेपालमा रोजगारीको वातावरण उत्पन्न गरेका छन् । यसबाट हामी पनि धेरै कुरा सिक्न सक्छौ । नेपालमा रोजगारीको वातावरण हामी आफैले पनि बनाउन सक्छौ भन्ने पाठ हामी क्लाउड फ्याक्ट्री र मार्क सेर्सबाट सिक्न सक्छौँ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button