अन्यसमाचार

‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम कोइलाडीमा शुरु -GoodNews24

Gobal IME Bank

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा-मुद्दती बचत कार्यक्रम शुरुआत भएको छ । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले सो कार्यक्रमको बीमा कागज हस्तान्तरण गर्दै शनिबार शुभारम्भ गर्नुभयो । पहिलो दिन शिविरमा ७ वटा वडाका १०३ बालिकाको बीमा गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेशकुमार झाले जानकारी दिनुभयो । सो अवसरमा बालिकाको स्वास्थ्य जाँच समेत गरिएको थियो । ती मध्ये तीन बालिकामा कुपोषित देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका दिपककुमार मण्डलले जानकारी दिनुभयो ।
बीमा कार्यक्रमले २०७५ साल माघ १ गतेदेखि हालसम्म जन्मेका बालिकालाई समेटेको जनाइएको छ । आज वडा नं. ४ कोइलाडीस्थित जिरिया हाटमा शिविर सञ्चालन गरिने छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button