समाचार

प्रशिक्षकहरुका लागि प्रशिक्षण तालिम सम्पन्न -Good News 24

Gobal IME Bank

ललितपुर, ९ असाढ । उद्द्यमीहरुलाई ब्यवसायिक तालिम प्रदान गर्दै आएको कम नेपाल (COM Nepal) ले ४ दिने प्रशिक्षकहरुका लागि प्रशिक्षण तालिम सम्पन्न गरेको छ । असाढ ६ देखी ९ गते सम्म चलेको तालिममा स्विस क्रेट (Swiss Create) का प्रमुख कार्यकारी अधिकृत/निर्देशक/प्रशिक्षक मारियो ब्रुल्ह्मनले प्रशिक्षण दिएका थिए । पारिवारिक ब्यवसाय लगायत उद्द्यमीहरुका निम्ती तालिम प्रदान गर्दै आएको कम नेपाल (Com Nepal )ले यसपाली उद्द्यम गरिरहेका र उद्द्यमी तालिम प्रदान गरिरहेका प्रशिक्षकहरुलाई मेन्टरिङ्ग साथै प्रशिक्षण तालिम दिएको हो । प्रशिक्षक मारियोले आफ्ना भोगाइ र अनुभवबाट एक उत्कृष्ट प्रशिक्षक-मेन्टर कसरी बन्ने भन्ने बारे सिकाएका थिए । उद्देश्य, बिषयबस्तु, प्रशिक्षणका अवधारणाहरु, कार्यप्रणाली दक्षता, विबिध सिद्धान्तहरु साथै थुप्रै बिषयहरुमा सिद्धान्तिक र ब्यवहाँरिक शिक्षा र अभ्यासहरु दिनु भएको थियो ।
कम नेपाल (Com Nepal) का CEO आशिष खड्काले तालिम एकदम प्रभावकारी भएको भएको र यस्ता तालिमहरुले नयाँ उद्द्यमी र प्रशिक्षकहरुलाई थप उर्जा प्रदान गर्ने विश्वाश ब्यक्त गर्नु भएको छ । तालिममा भिबिन्न जिल्लाहरुका उद्द्यमी, ब्यवसायी र प्रशिक्षकहरुको सहभागीता रहेको थियो । स्मरण रहोस, कम नेपालले पारिवारिक ब्यवसाय तथा थुप्रै नयाँ ब्यवसाय सुरु गर्न लागेकाहरुलाई ब्यवसायिक तालिमहरु प्रदान गर्दै आएको छ ।

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button