अन्यसमाचार

आजबाट मलमास समाप्त हुँदै

Malmas

Gobal IME Bank

काठमाडौँ। यही साउन २ गते देखि सुरु भएको अर्थात् मलमास आज समाप्त हुँदैछ । आज दिउँसो २ बजेर १ मिनेटसम्म औँसी तिथि रहेबको छ ।

भगवान् विष्णु अर्थात् पुरुषोत्तम​को आराधना गरिने कारण मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ ।

मलमासको अन्तिम दिन आज श्रद्धालुले व्रत, उपवास, विष्णु भगवानको जप, पूजा, भजन कीर्तन तथा पुराण पाठ गर्नुका साथै दान गर्ने प्रचलन छ । काँसको थालमा भगवान् विषणुका नामले ३३ वटा मालपुवा राखेर तिल र सुनको प्रतिमासहित वस्त्रले ढाकेर दान गर्ने परम्परा छ । मलमासका कारण यस वर्ष जनैपूर्णिमा, तीज दशैँ र तिहार जस्ता चाडपर्व झण्डै एक महिना पछाडि सरेका छन्।

सूर्यमानअनुसार वर्षमा ३६५ दिन र चान्द्रमान अनुसार वर्षमा ३५४ दिन हुन्छ । यसरी हेर्दा सूर्य र चन्द्रमानबीच वर्षमा लगभग ११ दिनको फरक आउँछ । तीन वर्षमा ३३ दिनको फरक पर्ने भएपछि त्यही एक महिनालाई अधिकमास भन्ने गरिएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button