मुख्य समाचारसमाचार

भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

Food Supply

Gobal IME Bank

काठमाडौँ। भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । छिमेकी मुलुक भारतले विश्वका सात देशमाथि चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गर्दा त्यसमा नेपाल पनि परेको छ । भारतको वाणिज्य विभागले सूचना जारी गर्दै नेपालसहित सात मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको छ ।

भारतले आन्तरिक उत्पादनमा गिरावट आएको कारण बासमती बाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । चामलको आयात नहुँदा बजारमा चामलको मूल्य बढेको थियो । अब नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ । यो कोटाको चामल भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत निर्यात गरिने सूचनामा उल्लेख छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button