अन्यगुड न्यूज 24शिक्षा स्वास्थसमाचार

उडुस र साङ्लाबाट छुटकारा – घरेलु उपाए

Gobal IME Bank

goodnews.com.np

हाम्रो घरमा धेरै प्रकारका साना किरा तथा जिवहरूको कारणले तनाव  दिएकाे हुन्छ । आज हामी तपाइंलाई कमिला, माकुरा, मुसा, झिंगा, उडुस, माउसुली र साङ्लाबाट छुटकारा पाउने सजिलो घरेलु उपायको बारेमा जानकारी दिनेछाै ।

१) कमिलो ः कमिलो आउने ठाँउमा कागतीको रसलाइ छर्किदा कमिला आउदैन । ल्याङ र दालचिनी संगै राखेमा कमिला भागेर जान्छ । कमिला हिड्ने बाटोमा लसुन राखेमा कमिला आउन सक्दैन । तपाइको टेबलको घर्रामा तेज पत्ता राखेमा पनि कमिला आउन बन्द गर्नेछ ।

२) माउसुली: माउसुलीलाई घरबाट भगाउन  ५–६ मयुरको प्वाँखलाई भित्तामा टाँस्नाले केही दिनमै माउसुली गायब हुन्छ । मयुरले माउसुलीलाई खाने भएकाले गर्दा माउसुली मयुरको प्वाँख देख्ने बितिक्कै डराएर भाग्ने हुन्छ । यदि मयुरको प्वाँख पाउन सक्नुहन्न भने, अन्य चराको प्वाँखलाई पनि प्रयोग गर्न सक्नुहुन्छ  ।

३) झिंगा: झिंगाबाट छुट्कारा पाउनको लागि घरलाई सफा राख्न जरुरी छ । यसका साथै ढोका सधैं बन्द गनुपर्ने हुन्छ । यसो गर्नाले पनि झिंगा आउने समस्या हुन्छ भने, कपासलाई धेरै गन्ध आउने तेलमा डुबाएर ढोकासँगै राख्नुहोस् । तेलको गन्धले गर्दा झिंगाहरु बाहिर जाने गर्छन् ।

४) माकुराः  माकुराबाट हटाउनको लागि घरको कुनाकाप्चामा सफा गरिरहनु पर्छ ।  तपाइको घरमा माकुराले जताततै जालो बनाएर हैरान पारेको भएमा कागतीको रस जाली भएको ठाँउमा  राती  छर्किदिनुहोस् , माकुरा भाग्नेछ ।

५) मुसा:   यदि तपाई मुसाले गर्दा दिक्क हुनुभएको छ भने, कपासको सानो टुक्रामा पुदिना हालेर मुसा आउने सम्भावित ठाउँमा राख्नुहोस् । यसको गन्धले मुसालाई श्वास फेर्नमा गाह्रो हुन्छ । जस्ले गर्दा मुसा मर्छ ।

६) साङ्ला: मरिच , प्याज र लसुनलाई पिसेर पानीसँग मिसाएर मिश्रण बनाउनुहोस् । यस मिश्रणलाई साङ्ला आउने ठाउँमा छर्किनुहोस् । यसको गन्धलाई सहन नसकि साङ्ला भाग्छ ।

७) उडुस: प्याजको रस उडुसलाई मार्नको लागि राम्रो औषधि हो । यसको गन्धले श्वास फेर्नमा उडुसलाई कठिनाई हुन्छ , जस्ले गर्दा उडुस तुरुन्तै मर्छ ।

गुड न्यूज डटकम डट एनपी
goodnews.com.np

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button