कफी कप- मन छुने कथा
एकजना अवकाशप्राप्त प्राध्यापक शहरको कोलाहलबाट टाढा बसिरहेका थिए । एकदिन बिहानै ढोकामा उनका बिद्यार्थीहरु उनलाई भेट्न आए । आफ्नो घरमा एक हुल विद्यार्थी देख्दा एकदम हर्षित हुँदै ढोका खोले तर विद्यार्थीहरु थाकेका र बोझले दबिएका र जिन्दगीसँग हार खाएका जस्ता निराश देखिन्थे । उनीहरुको अनुहार हेरेर प्राध्यापकले सबैको त्यस्तो स्थितीलाई आंकलन गरेका थिए । कुराकानी सुरु गर्नुअघि प्राध्यापकले सबैलाई कफी खुवाउने बिचारले आफ्नो किचेनमा लिएर गए र कपहरु देखाउँदै भने- “तिमीहरुलाई जुन कप मनपर्छ रोजेर लेओ ।“ त्यहाँ कपहरु बिभिन्न थरीका थिए, सिसाका, प्लाष्टिकका, स्टिलका, सस्ता, महँगा, आकर्षक, फोहोर, बुट्टा भरिएका सबै प्रकारका राम्रा-नराम्रा थिए । सबै विद्यार्थीहरुले राम्रा, बुट्टा भरिएका, महँगा कपहरु लिए र नराम्रा सस्ता कपहरु छाडिदिए । प्राध्यापकले भने, “तिमीहरुलाई थाहा छ भर्खर तिमीहरुले राम्रा र महँगा कपहरु लियौ अनि नराम्रा र सस्टा छाडिदियौ, किन ? तिमीहरुको कप त राम्रो भयो तर यदि मैले कफी नराम्रो दिएँ भने ? तिमीहरुले कफी खाने हो कप त होइन नि ? तर किन तिमीहरु राम्रै कपको पछी लाग्यौ ?” अब याद गर कफी जीवन हो । काम, पैसा, समाजमा हाम्रो स्तर यि सबै फरक फरक कपहरु हुन् । यिनीहरु सबै पक्रने र जीवन धान्ने कपजस्तै साधन मात्र हुन् अनि फरक कपले कुनै अर्थ र मान्यता राख्दैन, साथै कफीको स्तर र मिठास पनि परिवर्तन गर्दैन । कहिलेकाही हाम्रो नजर राम्रा र स्तरीय कपमा मात्र हुँदा परमेश्वरले दिनु भएको कफीको (जीवनको) मीठासलाई गुमाउँछौं, यसकारण इश्वरले दिनुहुने जीवनलाई प्राथमिकता दिऔं, जीवन धान्ने साधन (कप) लाई होइन |