अन्यसमाचार

चीनले दिने कोरोना परीक्षण सामग्री शनिबार आउने -GoodNews24

Gobal IME Bank

मेलम्ची । चीनको बुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि बन्द नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी हुँदै कोरोना परीक्षणका लागि आवश्यक सामग्री शनिबार नेपाल भित्रने भएको छ ।
बिहीबार वा शुक्रबार आउने भनिए पनि प्राविधिक कारणवश अब शनिबार आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
रु १८ लाख जम्मा हुने
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले सात दिन बराबरको तलबको हुन आउने रकम रु छ लाख अन्ठाउन्न हजार आठ सय नौ र शिक्षकबाट तीन दिन बराबरको तलबको हुन आउने रकम रु एघार लाख चवालीस हजार एक सय एकतीस जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
सवारी पासको दुरुपायोग गर्ने गाडी नियन्त्रणमा

सवारी पासको दुरुपयोग गरी यात्रु बोक्ने ल्यान्डकु्रजर गाडीलाई मेलम्ची प्रहरीले आज बिहान मेलम्चीबाट नियण्त्रणमा लिएको छ ।
काठमाडाैँबाट पाँच पोखरी ,थाङ्पाल जाँदै गरेको उक्त गाडी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।
‘लकडाउन’ पूर्ण कार्यान्वयन
सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण रुपमा कार्यान्वयन भएको छ । ‘लकडाउन’को चौथो दिन आज बजार सुनसान छ । जिल्लाका सबै ठाउँमा सुरक्षाकर्मी परिचालन भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”3194″] [irp posts=”5477″] [irp posts=”5505″] [irp posts=”5470″] [irp posts=”5398″] [irp posts=”5305″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button