मनोरञ्जनसमाचार

५७ औं जन्मदिनको अवसरमा शाहरूखको फिल्म ‘पठान’ को टिजर सार्वजनिक (भिडिओ)

Gobal IME Bank

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको आज ५७ औं जन्मदिन हो । आफ्नो जन्मदिनको अवसर पारेर अभिनेता शाहरूखले आगामी फिल्म ‘पठान’ को टिजर सार्वजनिक गरिएको छ।

बुधबार यशराज फिल्म्सको युट्युब च्यानलबाट टिजर सार्वजनिक गरिएको छ भने फिल्म जनावरी २५ देखि हिन्दी, तमिल र तेलुगु भाषामा प्रदर्शन हुनेछ।

टिजरमा दिपिका पादुकोण र जोन अब्राहमलाई पनि देखाइएको छ। सार्वजनिक टिजरमा शाहरूखलाई एक्सन अवतारमा देख्न सकिन्छ।

‘पठान’ लाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्। फिल्मको कथा आनन्द स्वय‌मले तयार पारेका हुन्।

यो फिल्मबाहेक शाहरूखको ‘जवान’ र ‘डंकी’ प्रदर्शनको पर्खाइमा छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button