शिक्षा स्वास्थसमाचार

दशैँमा मासु कति र कसरी खाने ?

Dashain Food

Gobal IME Bank

हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैँ घरघरमा भित्रिसकेको छ । दशैँमा प्रायः अरु समयभन्दा बढी माछामासु र खानाका परिकार खाने गरिन्छ । अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पना पनि गर्न सकिँदैन । दशैँमा शाकाहारीबाहेक मासु नखाने कमै हुने गर्छन् ।

मासु खाँदा स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ। उच्च कोलेस्ट्रोेल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्छ । साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत हो तर मासुमा कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रसस्त हुने भएकाले सन्तुलित रूपमा सृवन गर्न नसकेमा स्वास्थ्य समस्या सृजना हुन सक्छ । चाडपर्वमा मासु खानै नहुने भन्ने होइन । तर, सन्तुलन मिलाएर खान पोषणविद्को सुझाव छ ।

रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने होइन तर त्यसको मात्रा मिलाएर खानुपर्छ , मुटुको समस्या , मिर्गौला रोगी, कोलस्ट्रोल भएका व्यक्तिहरुले रातो मासु खाँदै नखाँदा राम्रो हुन्छ ।

दैनिक कति मासु खाने ?

चाडपर्वको समयमा जमघट र भोजनले रमाइलो माहोल बन्ने गर्छ । अझ मासुका परिकारले जमघटलाइ अझ विशेष बनाइदिन्छ । तर हामीले हाम्रो स्वाथ्यको ख्याल पनि गर्नु पर्छ । हामीले खाने खाना हाम्रो शरीरले पचाउन सक्ने हुनुपर्छ ।

हाम्रो जीवनशैली फेरीएको छ पहिले पहिले दशैँ वा चाडपर्वमा मात्र माछामासु खाने गरिन्थ्यो । मासa खाएपछि पनि हामी कसरत हुनेगरी काम गर्ने र बढीभन्दा बढी हिड्थ्यौ तर अहिले हामी हिड्नै छाडेका छौँ अहिले सवारी साधनको सुविधा छ त्यसकारण हामीले खाएको खाना पच्नै पाउदैन र शरिरमै स्टोर भएर बस्छ जसबाट मोटोपनाको समस्या देखिन्छ ।

खाना खादा सकेसम्म अड्कलेर खानुपर्छ । मानिसले दैनिक २ सय ग्राम मासु खाएमा दैनिक प्रोटिनको आवश्यकता पुरा हुन्छ सामान्यतयाः एक केजी तौल छ भने १ ग्राम मासु दैनिक प्रोटिनका लागि पर्याप्त हुन्छ । प्रोटिनयुक्त अन्य खाना पनि खाने भएकाले प्रोटिनलाई घटाउन आवश्यक छ ।

मासुसंगै सागपात

चाडपर्वमा मासुमानै जोड दिँदा हाम्रो आहार सन्तुलित हुँदैन । आहारलाई सन्तुलनमा राख्न माखु संगै हरियो सागपात र फलफुलमा समेत जोड दिनुपर्छ । भातलाई समेत घटाएर हरियो परियोमा जोड दिदा सन्तुलन कामय राख्न मद्धत पुग्ने कोइरालाको भनाइ छ ।

नियमित खाने कुराभन्दा दशैँमा अलि विशेष परिकारहरु पकाउने गरिन्छ । दशैँलाई मासुको पर्व हो भन्दा पनि फरक पर्दैन । तर, मासु खाँदा यि कुराहरुमा ध्यान दिन जरुरी छ ।

  • बासी, फ्रिजमा राखेको मासु नखाने
  • ताजा मासु किनेर खाने
  • कम बोसो भएको मासु छान्ने
  • घर ल्याइसकेको मासुमा पनि बोसो भए हटाउने
  • तेलको प्रयोग कम गर्ने
  • मसला कम राख्ने
  • सकेसम्म मासुलाई भुटेर भन्दा उसनेर खाँदा राम्रो
  • पानी प्रशस्त पिउने

प्रोटिनले शरीरलाई सुख्खा बनाउने भएकाले प्रशस्त पानि पिउनुपर्ने उनको भनाइ छ । मासु खाएपछि कागती पानी पिउँदा मासुलाई पचाउन अझ सहज हुने गर्छ । रगतमा चिल्लो मात्रा बढी भएकाले पेटभरि मासु खाँदा बाँचुन्जेल दुःख पाउन सकिन्छ । दीर्घरोगीले मात्र होइन, स्वस्थ मानिसले समेत मासु खान सावधानी अपनाउनुपर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button