मनोरञ्जनसमाचार

‘पुष्पा’ लुक्समा न्याचुरल स्टार ‘नानी’ को ‘दसरा’ को टिजर सार्वजनिक (भिडियो)

Gobal IME Bank

काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘दसरा’को टिजर सार्वजनिक भएको छ। ‘न्याचुरल स्टार’ को उपनामबाट चर्चित अभिनेता नानीको चलचित्र ‘दसरा’ को टिजरमा नानीको स्टाइललाई हेर्दा दर्शकहरुलाई चलचित्र ‘पुष्पा’ को झल्को दिनेछ । नानीको लुक्सलाई ‘पुष्पा’ को अल्लु अर्जुनसँग मिल्दोजुल्दो देखाइएको छ ।

‘दसरा’ लाई श्रीकान्त ओडेलाले निर्देशन गरेका हुन् भने साई कुमार, समुथिराकनी र जरीना वहाबको मुख्य भूमिका रहेको छ।

चलचित्रलाई श्रीलक्ष्मी वेंकटेश्वर क्रिएसन्सका सुधाकर चेरुकुरीले निर्माण गरेका हुन्। चलचित्र आगामी मार्च ३० मा रिलिज हुँदैछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button