मनोरञ्जनसमाचार

गायक दिपक बज्राचार्य “प्रोजेक्ट नजिक”अन्तर्गत अष्ट्रेलियामा प्रस्तुती दिँदै

'Project Najeek'

Gobal IME Bank

काठमाडौँ। गायक दिपक बज्राचार्य आज शुक्रबार अष्ट्रेलिया पुगेका छन् । उनी अष्ट्रेलिया प्रोजेक्ट नजिक अन्तर्गत प्रस्तुती दिनका लागि अष्ट्रेलिया पुगेका हुन् । के हो त “ प्राजेक्ट नजिक” ? प्राजेक्ट नजिक एउटा “डिजाईनिङ्ग शो” हो जसलाई ३ खण्डमा बाँडिएको छ ।

१. स्पट लाईट इभेन्ट (अनप्लग)

यस खण्डमा आफ्नो गीतलाई फरक शैलीमा प्रस्तुतिका साथमा अहिलेसम्म नसुनिएका र नगरिएका कुराकानीहरु पनि गरिनेछ ।

२. नजिक मोमेन्ट (मिट एण्ड ग्रीट)

आफ्नो दर्शक श्रोताहरुलाई अझ नजिकबाट चिन्न र चिनाउन तथा केही समयसगैं बिताएर त्यो रमाईलो पललाई केही तस्विरहरुमा कैद गर्ने केशिस गरिनेछ ।

३. इ डी एम सेसन (अपबिट कन्सर्ट)

अन्तिममा सधै झै मुख्य कार्यक्रमको मज्जा लिदै नाच्न, गाउन र रमाउनको लागि विशेष तयार गरिएको नयाँ तथा पुराना गीतहरुको प्रस्तुतिमा सबै रमाउनेछन ।

प्रोजेक्ट नजिक लाइभ इभेन्ट अष्ट्रेलियाको एडिलेडको ‘टेस्ट अफ हिमालय’ (TOTH-498 Briton RD, Briton, SA 508) ब्रिटनमा शनिबार ५:३० बजे आयोजना हुदै छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button